logo

मेला मध्यतराईको साँस्कृति परम्परा हो जोगाउनु पर्छः पूर्वमन्त्री चौरसिया

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १२ गते ०७: ०८ मा प्रकाशित     117   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २६  सुगौली बिर्तामा आयोजना गरिएको बृहत मेला महोत्सवको पूर्व कानूनमन्त्री एव नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले बुधवार एक भब्य कार्यक्रमकावीच उद्घाटन गरेका छन ।

 

 
चौरसियाले मेला मधेशको परम्परागत तथा मौलीक बिषय भएको बताए । उनले मेलामा हुने बिविधताले समाजको एकतालाई कायम राख्ने बताए ।

 

बिगतमा मेलाको जे जस्तो महत्व र सान्दभीकता थियो त्यसमा आजको दिनमा बदलाव आएको उनले चर्चा गरे । उनले मेला भर्ने परम्परालाई सुरक्षीत राख्न आवश्यक रहेकोमा जोड दिए । 


उक्त कार्यक्रमले दीपावली र छठ पर्वको शुभ अवसरमा स्थानीय समुदायलाई एकताबद्ध गर्ने, सांस्कृतिक उत्थान गर्ने र मेलामार्फत सामाजिक मिलाप बढाउने लक्ष्य राखेको आयोजकले बताएका छन्।

 

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेश सभाका साँसद श्याम पटेलले मेलाको आयोजनाले सामाजिक–सांस्कृतिक सम्बन्धलाई मजबुती प्रदान गर्ने बताए ।

 

 स्थानीय विकास र समृद्धिका लागि मिलेर अघि बढौँ उनले भने किसानका उत्पादनको बजारीकरण , सास्कृति परम्पराको जर्गेनामा मेलाको महत्व रहेको उनले बताए ।


छिमेकी, युवा तथा वृद्धजनहरुको उपस्थिति उल्लेखनीय थियो भने मेला अवधिमा मनोरञ्जन, खेलकुद, खानेपिने तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने आयोजक समितिले जनाएको छ।

 

महोत्सव आगामी दिनहरुमा अझ विस्तार हुने गरी कार्यक्रमहरु क्रमशः सञ्चालन गरिने ायोजकले जनाए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभामपति म.शाहबुदिन, वडाध्यक्ष शम्भू मिश्र लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बिहान उदाउँदो सूर्यलाई अर्घ्य संगैै सम्पन्न भयो लोक आस्थाको पर्व छठ

वीरगन्ज । नेपालीहरूको महान् लोकआस्थाको पर्व छठ मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मधेश प्रदेशसहित देशभर भव्य रूपमा सम्पन्न भएको छ।

वीरगञ्जमा प्रदेश सांसद शर्माको घरमा आगलागी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ निवासी  प्रदेश सांसद बिना देवी शर्माको घरमा सोमवार साँझ आगलागी भएको छ। (सोमबार) साँझ अन्दाजी  पौने  बजेतिर आगलागी भएको पर्सा प्रहरीले जानाएको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.