वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ निवासी प्रदेश सांसद बिना देवी शर्माको घरमा सोमवार साँझ आगलागी भएको छ। (सोमबार) साँझ अन्दाजी पौने बजेतिर आगलागी भएको पर्सा प्रहरीले जानाएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको प्रहरी टोली, वीरगञ्ज महानगरपालिकाका दुईवटा दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरी, दमकल र स्थानीयको सक्रियतामा करिब साँझ ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीको कारण हालसम्म खुल्न बाँकी रहेको छ भने घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको पुष्टि गरिएको छ।
घरमा भएको क्षतिको विवरण संकलन भइरहेको र आगलागीको कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया