logo

विशाल मेमोरियल गोल्डकपको उपाधी जित्ने दुवै टोलीको दावी

      4/28/2017 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

वीरगञ्ज, १५ बैशाख । विभागीय टोली नेपाल आर्मी र सिएमजी संकटा दुवै टोलीले वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी आफैले जित्ने दावी गरेका छन् । उपाधीका लागि हुने भिडन्तको अघिल्लो दिन शुक्रबार नारायणी रंगशालामा आयोजित स्पोर्ट कन्फरेन्समा दुवै टोलीका कोचहरुले त्यस्तो दावी गरेका हुन् । सिएमजी संकटाका कोच सल्यान खड्गीले संकटाका खेलाडीको मनोबल उच्च रहेकोले विशाल गोल्डकपको उपाधी जित्ने विश्वास व्यक्त गरे ।

हामीले विभागिय टोली आर्मीलाई पटक पटक फाईनलमा हराएका छौं । त्यसैले हाम्रा खेलाडीको मनोबल उच्च छ । उनले भने हामीले जित्छौं भन्ने विश्वास छ । अरु टिमको जस्तो उपाधी नजिक पुगेपछि खेलाडी परिवर्तन गरेर राष्टिय तथा अन्तराष्टिय खेलाडी नल्याएर भएकै खेलाडीलाई मौका दिने भएकोले संकटाका खेलाडीको मनोबल उच्च रहने गरेको दावी गरे । विगत एक वर्षमा देशभर भएका ५ वटा गोल्डकपमा आर्मी र संकटाले उपाधीका लागि भिडेका छन् त्यसमा ४ वटामा संकटाले जितेको छ । त्यस्तै आर्मीका कोच नविन न्यौपानेले पटक पटक हारेको चोटमा मल्हम लगाउने मौका विशाल गोल्डकप भएको बताए । संकटा बलियो प्रतिद्वन्दी हो, उसले हामीलाई पटक पटक हराएको पनि छ ।

 


न्यौपानेले अगाडी भने तिनै हारको बदला शनिबारको उपाधी भिडन्तमा लिनेछौं । आर्मीले सेमिफाईनलमा जस्तै फाईनलमा पनि आक्रमक खेल प्रस्तुत गर्ने न्यौपानेले बताए । रेफ्रिले रफ खेलाएको भन्ने गुनासो सुनिन्छ, तपाईहरु रेफ्रीको निर्णय विवादास्पद आयो भने के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा दुवै टोलीका कोचले फिफाका रेफ्रीहरु भएको त्यस्तो त्रुटी नहुने विश्वास व्यक्ति गरे । उनीहरुले खेलमा रेफ्रीकै निर्णय अन्तिम हुने भएकोले स्वीकार गर्ने समेत बताए । सो अवसरमा दुवै टोलीका प्रशिक्षकले चिसोमा खेल्ने खेलाडीहरु भएकोले वीरगंजको ४०।४२ डिग्रीको तापक्रममा खेल्दा गाह्रो हुने भएकोले समय समयमा ब्रेक दिनुपर्ने माग गरेका छन् ।

नारायणी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा खेलमा नवजागृति यूवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले फाईनलको यात्रा तय गरेको हो । भने सिएमजी संकटाले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० गोल अन्तरले पराजित गर्र्दै उपाधी दावेदार बनेको थियो । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक रोशन गुप्ताले वीरगञ्जको गौरवको रुपमा यो प्रतियोगिता सफल पार्न सहयोग गर्ने सुरक्षाकर्मी, समाजसेवी, युवा तथा स्वयंसेवकहरुलाई धन्यवाद दिए । फाईनल खेलका लागि सुरक्षा व्यवस्था मजबुत बनाउने उनले बताए ।

विशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष रुपक पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सञ्चार संयोजक एवं पत्रकार पंकज श्रेष्ठले सहजीकरण गरे । उपाधी विजेताले नगद पाँच लाख र ट्रफी तथा उपविजेताले दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान सुजीकी मोटरसाइकल दिईने आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.