logo

बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने, खेलका माध्यमले पर्यटनको प्रवद्र्धन गरिने

 इसीमाना सम्वाददाता     २०८० मंसिर ४ गते ०७: ०० मा प्रकाशित     2062   पटक पढिएको

बीरगंज । पर्सा क्रिकेट संघको आयोजनामा बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

 

प्रो क्लब च्याम्पियनसीपको दोश्रो संस्करणको रुपमा बीरगंजमा प्रतियोगिता संचालन हुने संघले सोमवार बीरगंजको होटेल भिषूवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।


बव को एक महिना पछि अर्थात २१ डिसेम्बर देखी ३० डिसेम्बर सम्म बीरगंजको नारायणी क्रिकेट मैदानमा प्रतियोगिताको १९ खेल हुने छ ।

 

६ वटा प्रिमियर घरेलु र अन्तराष्ट्रिय क्लबहरुको सहभागिता सुनिश्चित भएको र अन्यका बारेमा औपचारिक निर्णय हुन बाँकी रहेको संघका अध्यक्ष मनिष सिंहले  जानकारी दिए ।

 

प्रतियोगिताको ब्यवस्थापन भने प्रो क्लब च्याम्पियनसीपले गर्ने छ । प्राविधिक आयोजना भने संघले गर्ने छ ।
प्रतियोगिताका निर्देशक दाउद अन्सारीले प्रतियोगिताको संचालनले पर्सा क्रिकेटको एउटा राम्रो सम्भावना भएको क्षेत्रको रुपमा स्थापित हुने बिश्वास ब्यक्त गरे ।

 

क्लब क्रिकेट संस्कृतिको बिकासले मात्र राष्ट्रकोलागि क्रिकेट भन्ने कुरा सफल हुने अन्सारीको भनाई छ । प्रतियोगिताले बीरगंजको ब्यापारमा बिकास र पर्यटनलाई समेत प्रर्वद्धन गर्न योगदान दिने अन्सारीको दावी छ ।


क्रिकेट यत्रो सम्भावना भएको बीरगंजमा रहेको नारायणी रंगशाला प्रति प्रदेश तथा संघ सरकारको बेवास्ता चाही क्रिकेटको बिकासमा अवरोधक बनेको संघका अध्यक्ष सिंहको भनाई छ ।

 

प्रतियोगिताको माध्यमले रंगशालाको निर्माणमा संघ तथा प्रदेश सरकारको आँखा पुगोस भन्ने अभिप्राय आफूहरु रहेको उनले बताए । यस क्षेत्रको क्रिकेटप्रति बिश्वास र भरोसा जागृत हुने गरि प्रतियोगिता संचालन गर्न संघले सबैले सबै प्रकारको सहयोग आवश्यक रहेको भन्दै बीरगंजबासीलाई सहयोगकोलागि अपिल समेत गरेको छ ।


प्रतियोगिताको निरन्तर संचालनले राष्ट्रिय स्तरका खेलाडीहरुको बिकास हुने भन्दै संघका अध्यक्ष सिंहले राष्ट्रिय टिममा बीरगंजका खेलाडीहरुको निरन्तर सहभागिता रहेको बताए ।

 

खेलाडीहरुलाई अनुभवी बनाउने, खेलका सीपहरु हस्तान्तरण गर्ने खेल प्रति उनीहरुको आकर्षण बढाउने तथा पर्सामा खेल पूर्वाधारको बिकासमा महत्वपूर्ण योगदान दिने गरि प्रतियोगिताको आयोजना गरिएको संघका सचिव घनश्यामले बताए ।

 

पर्सा क्रिकेटसंघले पीसीसी परियोजना स्वीकृत गरेकोले प्रतियोगिताको टुर्नामेट आयेजना,उत्पादन र खेल सम्बन्धी ब्यवस्थापन भने पीसीसीको हुने स्नेभी चापागाईले जानकारी दिइन ।

अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको स्मृतिमा यसअघि २०२२ मार्चमा प्रो क्लब च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.