logo

बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने, खेलका माध्यमले पर्यटनको प्रवद्र्धन गरिने

 इसीमाना सम्वाददाता     २०८० मंसिर ४ गते ०७: ०० मा प्रकाशित     2214   पटक पढिएको

बीरगंज । पर्सा क्रिकेट संघको आयोजनामा बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

 

प्रो क्लब च्याम्पियनसीपको दोश्रो संस्करणको रुपमा बीरगंजमा प्रतियोगिता संचालन हुने संघले सोमवार बीरगंजको होटेल भिषूवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।


बव को एक महिना पछि अर्थात २१ डिसेम्बर देखी ३० डिसेम्बर सम्म बीरगंजको नारायणी क्रिकेट मैदानमा प्रतियोगिताको १९ खेल हुने छ ।

 

६ वटा प्रिमियर घरेलु र अन्तराष्ट्रिय क्लबहरुको सहभागिता सुनिश्चित भएको र अन्यका बारेमा औपचारिक निर्णय हुन बाँकी रहेको संघका अध्यक्ष मनिष सिंहले  जानकारी दिए ।

 

प्रतियोगिताको ब्यवस्थापन भने प्रो क्लब च्याम्पियनसीपले गर्ने छ । प्राविधिक आयोजना भने संघले गर्ने छ ।
प्रतियोगिताका निर्देशक दाउद अन्सारीले प्रतियोगिताको संचालनले पर्सा क्रिकेटको एउटा राम्रो सम्भावना भएको क्षेत्रको रुपमा स्थापित हुने बिश्वास ब्यक्त गरे ।

 

क्लब क्रिकेट संस्कृतिको बिकासले मात्र राष्ट्रकोलागि क्रिकेट भन्ने कुरा सफल हुने अन्सारीको भनाई छ । प्रतियोगिताले बीरगंजको ब्यापारमा बिकास र पर्यटनलाई समेत प्रर्वद्धन गर्न योगदान दिने अन्सारीको दावी छ ।


क्रिकेट यत्रो सम्भावना भएको बीरगंजमा रहेको नारायणी रंगशाला प्रति प्रदेश तथा संघ सरकारको बेवास्ता चाही क्रिकेटको बिकासमा अवरोधक बनेको संघका अध्यक्ष सिंहको भनाई छ ।

 

प्रतियोगिताको माध्यमले रंगशालाको निर्माणमा संघ तथा प्रदेश सरकारको आँखा पुगोस भन्ने अभिप्राय आफूहरु रहेको उनले बताए । यस क्षेत्रको क्रिकेटप्रति बिश्वास र भरोसा जागृत हुने गरि प्रतियोगिता संचालन गर्न संघले सबैले सबै प्रकारको सहयोग आवश्यक रहेको भन्दै बीरगंजबासीलाई सहयोगकोलागि अपिल समेत गरेको छ ।


प्रतियोगिताको निरन्तर संचालनले राष्ट्रिय स्तरका खेलाडीहरुको बिकास हुने भन्दै संघका अध्यक्ष सिंहले राष्ट्रिय टिममा बीरगंजका खेलाडीहरुको निरन्तर सहभागिता रहेको बताए ।

 

खेलाडीहरुलाई अनुभवी बनाउने, खेलका सीपहरु हस्तान्तरण गर्ने खेल प्रति उनीहरुको आकर्षण बढाउने तथा पर्सामा खेल पूर्वाधारको बिकासमा महत्वपूर्ण योगदान दिने गरि प्रतियोगिताको आयोजना गरिएको संघका सचिव घनश्यामले बताए ।

 

पर्सा क्रिकेटसंघले पीसीसी परियोजना स्वीकृत गरेकोले प्रतियोगिताको टुर्नामेट आयेजना,उत्पादन र खेल सम्बन्धी ब्यवस्थापन भने पीसीसीको हुने स्नेभी चापागाईले जानकारी दिइन ।

अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको स्मृतिमा यसअघि २०२२ मार्चमा प्रो क्लब च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.