logo

सिमरामा मदन-आश्रीत राष्ट्रीय क्रिकेट प्रतियोगिताको आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८० मंसिर २९ गते ०५: १७ मा प्रकाशित     653   पटक पढिएको

सिमरा । नेकपा एमाले निकट नेपाल खेलकुद महासङले माघको पहिलो हप्ता बाट सिमरामा मदन-आश्रीत स्मृती राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
महासङ्को जितपुरसिमरा उपमहानगरको आज सिमरामा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।


नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय लाई कुल बजेटको १ प्रतिशत खेलका लागि छुट्याउन माँग गरे ।

 

उनले स्थानीय तहले एक पालिका एक खेलमैदान,एक स्पोर्ट एकेडेमी र एक कबड हलको कार्यक्रमलाई ल्याउनुपर्ने कुरामा जोड दिए । सचिब पौडेलले खेलाडीको प्रोहत्साहनका लागि खेलाडी भत्ताको ब्यबस्था गर्न स्थानीय सरकार सग माग गरे। सिमरामा राष्ट्रिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएमा खेल क्षेत्रमा जितपुरसिमराको नयाँ पहिचान कायमहुने उनले बताए ।


जितपुरसिमरा उपमहानगर कमिटीमा अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा र रबिन्द्र खकुरेलको सहजिकरण र गणेश थपलियाको स्वागतमा सम्पन्न भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई ,युवासघका नगर अध्यक्ष आरीफ हुसैन,सेराजुल अन्सारी, मानव खनाल, आयुष न्यौपाने लगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा आ-आफ्नो धारणा ब्यक्त गरेका थिए। कार्यक्रममा अनेरास्वबियुका नगर अध्यक्ष ईश्वर बस्नेत नेकपा एमालेका नेता विनोद बस्नेत मनहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.