logo

नेपाललाई १९५ रनको लक्ष्य

      10/12/2017 गते 00 00 मा प्रकाशित     1157   पटक पढिएको

काठमाडौं, २७ असोज :

                                  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँग महत्वपूर्ण खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर व्याटिङ रोजेपछि हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको हो । ५० ओभरमा हङकङले सबै विकेट गुमाएर १९४ रन बनाएको छ । नेपालका लागि सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न जित्नै पर्ने बाध्यता रहेको छ ।

                                 आजको र आइतबारको दुवै खेलमा हङकङलाई पराजित गर्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले अर्को वर्ष हुने अन्तिम चरणको विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ । दुईमध्ये एक खेलको पराजयले पनि नेपाललाई विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नकै लागि पनि अर्को प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।

                             २०१९ विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा आईसीसीको वरीयताक्रमको पुछारका चार, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली र यसपछि हुने डिभिजन दुईका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । जारी च्याम्पियनसिपको अन्तिम चारभित्र अटाउन नसकेको अवस्थामा नेपाल डिभिजन दुईमार्फत पनि शीर्ष दुईभित्र अटाउँदै अन्तिम चरणको छनोट प्रतियोगितासम्म पुग्न सक्नेछ।

                            यद्यपि हङकङविरुद्धको यी दुवै खेलमा जित हात पार्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले छनोटको आशा जीवितै राख्नेछ । प्रतियोगितामा चार खेल (हङकङ र नेपालबाहेक अन्य टोलीको भने दुई÷दुई खेल) बाँकी रहँदा हङकङ र नेपाल दुवै शीर्ष चारभित्र छैनन् । हङकङलाई दुवै खेलमा पराजित गर्न सकेको अवस्थामा नेपालले चौथो स्थानको केन्यालाई पछि पार्न सक्नेछ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने नेपालले दुवै खेलमा जितसहित छनोट पक्का गर्न सक्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.