logo

नेपाल र हङकङबीचकोे खेल रद्द  

      10/14/2017 गते 00 00 मा प्रकाशित     1432   पटक पढिएको


काठमाडौं, २९ असोज :
                              आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । दोस्रो खेल आज हुने तय भएपनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमार्फत यस्तो जानकारी गराएको छ ।

                                नेपाल र हङकङबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ७ बजेपछि सुरु हुने तय भएको थियो । तर, हङकङका अधिकारीले सामुन्द्रिक आधी आउने जानकारी दिँदै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
खेल भोलि हुने जनाइएको छ । हङकङको मौसम विभागले हङकङ स्थानीय समयअनुसार बिहान ९ बजेसम्म ‘टाइफुन ८’ आउने अनुमान गरेको छ । त्यस्तै अपरान्ह भारी वर्षा हुने विभागले जनाएको छ । 

                                च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो । हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो ।

                                घरेलु टोलिविरुद्धको पहिलो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको थियो । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

पर्सा प्रहरीद्वारा भारी परिमाणमा चरेश बरामद,तस्करीको संजाल तोडी छाडने एसपी मिश्रको उद्घोष

वीरगन्ज । पर्सा प्रहरीले एक मालबाहक ट्रकबट ३१९ किलो लागु औषध  चरेश बरामद गरेको छ।

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.