logo

वातावरण संरक्षणर सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा -नगर प्रमुख डा. पौडेल

      12/16/2017 गते 00 00 मा प्रकाशित     1291   पटक पढिएको

सिमरा, १ पुस ः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले वातावरण संरक्षण र सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा रहेको बताएका छन् । 
सिमरास्थित थानीमाई वन उपभोक्ता तथा सरसफाई समितिको १२औं वार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै नगर प्रमुख डा. पौडेलले उपमहानगरलाई प्रदुषणमुक्त बनाउनका लागि सामुदायिक वनहरुसंग सहकार्य गरेर अघि बढ्ने बताए । 


फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि उपमहानगरले काम गरिरहेको भन्दै नगर प्रमुख डा .पौडेलले थानीमाई सामुदायिक वन परिसरलाई ग्रिनपार्क बनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका निम्ति सहकार्य गर्न उपमहानगर तयार रहेको बताए । ग्रिन पार्क निर्माणका लागि उपमहानगरले बजेट बिनियोजन समेत गसिकेको डा. पौडेलको भनाई छ । 


पर्यटन जोनमार्फत जीतपुरसिमरा उमहानगरलाई समृद्ध महानगर बनाउन आन्तरिक आयवृद्धि गर्ने डा. पौडेलले बताए । कार्यक्रम ब्रम्हकुमार बिजयराज सिग्देलले जीतपुरसिमरा उपमहानगरलाई स्वच्छ र ग्रिन सिटि बनाउनका निम्ति उपमहानगर र नगरबासीले भुमिका खेल्नुपर्ने बताए । 


कार्यक्रममा संस्थाले नगर प्रमुख डा. पौडेल, उपप्रमुख सरस्वती चौधरी, वडाअध्यक्ष हिराबहादुर गुरुङ, तिलक श्रेष्ठ, जगन्नाथ घिमिरे, ईश्वर खत्रीलगायतलाई सम्मान गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष माधव त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.