logo

बिशाल मेमोरियल फाण्डेशनको अध्यक्षमा कलवार

      7/28/2018 गते 00 00 मा प्रकाशित     2281   पटक पढिएको

ईसीमाना सम्वाददाता
बीरगंज १२ साउन ।

बिशाल मेमोरियल फाण्डेशनको पहिलो साधारण सभाले अनिल कुमार कलवारलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै  बरिष्ठ उपाध्यक्षमा शुलभजंग राणा, प्रथम उपाध्यक्षमा म.नेजामुदिन दितिय उपाध्यक्षमा बालकृष्ण डंगोल  रहेका छन ।

 

त्यस्तै महासचिवमा निशान्त कुमार लामिछाने,सचिवमा बिनोद परियार र कोषाध्यक्षमा मुकेश सिंह रहेका छन । त्यस्तै सदस्यहरुमा अजित राई ,बिकास नेपाली,नविन बिक्रम साह,दिपक साह कानु अनिल श्रेष्ठ,शौकत अली र अशोक गुप्ता लगायतका रहेका छन ।

 


यस अघि साधारण सभाको अखिल नेपाल फूटवल सं एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्धघाटन गरेका थिए । उनले खेलकुदकालागि कुनै जमाना नामी रहेको बीरगंजमा फेरी खेलकुद त्यसमा पनि फूटवललाई फाउण्डेशनले गती दिने बिश्वास ब्क्यक्त गरे ।

 

उनले नेपाली फूटवलको संस्थापनको बिरुद्धमा रहेर फाउण्डेशनले महत्वपूर्ण काम गरेको भन्दै शेर्पाले अव संघको वािषर््क क्यालेण्डरमा मेमोरियलको कामलाई पनि उल्लेख गर्ने बचन दिए । 


रुपक पाण्डेको अध्यक्षतामा भएको पहिलो साधारण सभामा नेपाली फूटवल क्षेत्रको बिकासमा योगदान दिने फिफा रेफ्री गजेन्द्रमा सिंह ,खेलाडी बिनोद परियार लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । 


कार्यक्रममा अखिल नेपाल फूटवल संघका उपाध्यक्ष पंकज नेम्वाङ,उपेन्द्रमान सिंह,महासचिव इन्द्रमान तुलाधर नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान,उपाध्यक्ष के.सी.लामिछाने पर्सा अध्यक्ष श्याम बन्जारा  नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारी लगायतको सभागिता रहेको थियो । बिनोद परियारले स्वागत गरेको  कार्यक्रमको संचालन भने हेमन्त तमाङले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.