logo

बिशाल गोल्डकपको उपाधी आर्मीले चुम्यो ,सिमरामा जारी रुस्लान गोल्डकपमा संकटा बिजयी

      1/19/2019 गते 00 00 मा प्रकाशित     1247   पटक पढिएको


वीरगञ्ज, ५ माघ ।
विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचालेको छ । नारायणी रंगशालामा भएको फाईनल खेलमा हिमालयन शेर्पालाई हराउँदै आर्मीले उपाधी उचालेको हो । आर्मीले उपाधीसँगै ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड हात पारेको छ भने उपविजेता हिमालयन शेर्पाले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ । 


पूर्व राष्ट्रिय फुटबल टीमका पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा  शुरु गरिएको विशाल गोल्डकपको अघिल्लो उपाधी पनि आर्मीले नै जितेको थियो । निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । 


ट्राईबेकरमा हिमालयनले भन्दा १ गोल बढी गर्दै त्रिभुवन आर्मी बिजयी भएको हो । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले खेलको पहिलो हाफमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीका सन्तोष तामाङले जवाफी गोल फर्काएका थिए । निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक बनेको खेल हेर्न नारायणी रंगशालामा दर्शकहरुको भिड लागेको थियो ।

 

पूर्व र पश्चिम प्याराफिट मात्रै बस्न योग्य भएपनि दर्शकको चाप बढेपछि दक्षिण तर्फको प्यारफिटमा पनि बस्न लगाईएको थियो । 

 


 खेलको अन्तिमतिर हिमालयन शेर्पाका विदेशी ड्याडी वामाले आर्मीका सेसाङ लिम्बुलाई फल गरेपछि रातो कार्ड पाएका थिए । हिमालयन शेर्पा १० खेलाडीमा सिमित भएपनि आर्मीलाई गोल गर्न दिएन् । त्यसपछि थप गरिएको ४ मिनेटको समयमा पनि कुनै टिमबाट गोल हुन सकेन ।

ट्राईब्रेकरमा ७÷७ जना खेलाडीले पेनाल्टी हान्दा आर्मीका ६ जना र हिमालयन शेर्पाका ५ जना खेलाडीले मात्रै गोल गर्न सके । हिमालयनका मान बहादुृर तमाङ म्यान अफ दी म्याच घोषित भए । 


हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट बन्न सफल भए । उनले सुजुकीको जिक्सर हात पारे । वेष्ट गोल किपर आर्मीका विकेश कुथुले नगद १५ हजार पुरस्कार पाए । आर्मीका दिपक गुरुङ वेष्ट डिफेन्डर, आर्मीकै सन्तोष तामाङ वेष्ट मिड फिल्डर, आर्मीकै नविन न्यौपाने वेष्ट कोच हुन सफल भए ।

हिमालयनका विश्वास श्रेष्ठ नै वेष्ट स्ट्राईकर बन्न सफल भए । गत माघ २८ गतेबाट दोस्रो विशाल मेमोरियल गोल्डकप शुरु भएको थियो ।

त्यस्तै  सरस्वती यूथ क्लबविरुद्ध टाइव्रेकरमा जित निकाल्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । 


निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइव्रेकरबाट निकालिएको हो । शुरुवाती अग्रता जोगाउन नसक्दा ए डिभिजन क्लब सरस्वती प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । 


खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट लिएको अग्रता सरस्वतीले बचाउन  सकेन ।  ५८ औं मिनटमा जय गुरुङले बराबरी गोल फर्काएपछि संकटा खेलमा फर्कियो । 


संकटाको जितमा गोलरक्षक राजाबाबु थापा नायक बने । टाइव्रेकरमा सरस्वतीका तिन प्रहार उत्कृष्ट बचाउ गर्न सफल थापा म्यान अफ दि म्याच बने । उनले सरस्वतीका भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार रोकेका थिए । सरस्वतीका लागि मोहन गुरुङले मात्रै टाइव्रेकरमा गोल गरे । 


संकटाका लागि टाइव्रेकरमा लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले गोल गरेका थिए । संकटाका अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्कियो ।


सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमीफाइनल प्रवेशका लागि मंगलबार थ्रीस्टार क्लबको सामना गर्नेछ ।  


प्रतियोगितामा अइतवार दुइ विभागिय क्लब एपिएफ र त्रिभूवन आर्मीले प्रतिष्पर्धा गर्नेछन् । म्यान अफ दि म्याच संकटाका गोलरक्षक थापाले १० हजार नगद प्राप्त गरे । उनलाई क्लबका अध्यक्ष कासिम मियाँ र पूर्व अध्यक्ष राजकुमार भट्टराईले म्यान अफ दि म्याचको ट्रफि सहित चेक हस्तान्तरण गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.