logo

आर्मी सिमरा गोल्डकपको सेमिफाईनलमा 

      1/20/2019 गते 00 00 मा प्रकाशित     1040   पटक पढिएको

सिमरा ६ माघ  । विभागीय टिम त्रिभुवन आर्मी क्लब सीमरा गोल्डकपको दशौं संस्करणकोे सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

सिमरा रंगशालामा आइतबार भएको खेलमा ससस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ गोलले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । 

 

विभागीय भिडन्तमा आर्मीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । आर्मीलाई जित दिलाउन टंक बस्नेतले दुई गोल गरे भने दिपक गुरुङ र सुदिल राईले एक÷एक गोल गरे  । एपीएफका लागि राजन गुरुङ र आशिष लामाले एक एक गोल गरे ।

 

सिमरा रंगशालामा खेलको ३१ औ मिनेटमा राजन गुरुङको गोलबाट एपीएफले सुरुवाती अग्रता लिएको थियो । एपिएफको अग्रतालाई आर्मीले धेरै बेर टिक्न दिएन् । 


खेलको ४३ औ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । 

 

रोमाञ्चक भिडन्तमा एपिएफको खेलको ४७ औं मिनेटमा गोल गर्दै खेल २१ को स्थितीमा ल्याए । डिबक्स भित्र पाएको बलमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । दोस्रो हाफमा आक्रामक देखिएको आर्मीले खेलको ७३ औ मिनेटमा बराबरी गोल फर्कायो । आर्मीका दिपक गुरुङले गोल गर्दै खेल २–२को बराबरीमा ल्याए । 

खेलको अन्तिम समयमा आर्मी एपिएफमाथी हाबी देखियो । आर्मीले खेलको ८६ औ मिनेटमा सुदिलको गोलमार्फत अग्रता लिदै खेल ३–२ को स्थितीमा पु¥यायो । खेलको अन्तिम समयमा आर्मीलाई रोक्न नसकेको एपिएफले ईन्जुरी समयमा चौथो गोल खान पुग्यो । आमीका टंक बस्नेतले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै टिमलाई ४–२ को जीत दिलाए । 

 

खेलको म्यान अफ दि म्याच आर्मीका दिपक गुरुङ्ग घोषित भए । उनले १० हजार नगद प्राप्त गरे । आर्मीले फाइनल प्रवेशका लागि अब आयोजक नव जन जागृति क्लब संग खेल्नेछन । प्रतियोगिता अन्तर्गत सोमबार बिभागिय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.