logo

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

      2/29/2020 गते 00 00 मा प्रकाशित     1983   पटक पढिएको

वीरगञ्ज १७ फाल्गुण ।  एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो ।

 

उहाँले नगद १ लाख २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नु भयो । उहाँ नेपाली सेनामा अमरदार पदमा कार्यरत हुनुहुन्छ त्यसैगरी द्धितिय र तृतिय उपाधी पनि त्रिभुवन आर्मी क्लबकै सेनाले हात पार्न सफल भएका हुन् ।त्यस्तै २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि सेनाकै खेलाडीहरू पहिला, दोस्रा र तेस्रा भए । भाटले २ घण्टा २१ मिनेट १५ सेकेन्ड, रोकायाले २ घण्टा २७ मिनेट ४९ सेकेन्डमा ४२ किलोमिटरको दूरी पार गर्दै क्रमशः प्रथम, द्वितीय र तृतीय हनु भयो ।


    ४२ किलोमिटरमा प्रथम भाटले २ लाख, द्वितीय रोकायाले १ लाख ५० हजार र तृतीय रिमालले १ लाख नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नु भयो । ४२ किलोमिटरका खेलाडीहरू बाराको पिलुवाबाट कलैया हँुदै वीरगंजस्थित  सेनाको ब्यारेकमा पुगेका थिए । अन्य समूहको दौड वीरगंजबाट शुरू भएको थियो । सेना दिवसको अवसरमा एकतालागि दौडको आयोजना गरिएको थियो । 

 

 विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गर्नु भयो  ।

सेनाले आयोजना गरेको वीरगञ्ज म्याराथान प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुदै पुन कलैयाबाट वीरगञ्जको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई समापन भएको थियो ।

त्यसैगरी २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन । प्रथम, द्वितिय र तृतिय महिला तर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ, र पुरुष तर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत सफल हुनु भयो ।

२१ किलोमिटरको दौडका प्रथम, द्वितिय र तृतिय हुने विजेतालाई क्रमश ७५, ५० र ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराई सम्मान गरिएको थियो । १० किलोमिटरको दौडमा सिभिलियन तर्फबाट पुरुष र महिला प्रथम, द्वितिय र तृतिय क्रमश, सागर श्रेष्ठ, दिनेश वोगटी, प्रिन्स कुमार गुप्ता, सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले जित हासिल गर्नुभयो ।

त्यसैगरी विभागियबाट त्रिभुवन आर्मी क्लबकै महिला र पुरुष तर्फ प्रथम, द्वितिय र तृतियमा क्रमश पूर्ण लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई, विर्सना कुमाल, कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की भएका थिए । विजेताहरुलाई २०, १५ र १० हजारको दरले नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा ४० बर्ष भन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्वितिय र तृतियमा क्रमश जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी हुनु भयो। उहाँहरुलाई  २०, १५ र १० हजार नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा जेष्ठनागरिकहरुलाई समेत सहभागिता गराईएको थियो । ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि १ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा सन्तोष महतो प्रथम हुनु भाये। उहाँलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको थियो । द्वितिय हुने अनिल मालाकार र तृतिय रमेश महतोलाई क्रमश २० हजार र १५ हजार रुपैया नगद उपलब्ध गराई सम्मान गरिएको थियो ।

वीरगञ्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगञ्ज उद्योग वाणिज्य संघको सह आयोजनामा गरिएको म्याराथान प्रतियोगितामा ५ हजार २ सय जनाले सहभागिता जनाएका थिए । जसमध्ये ४१ सय जनालाई निस्शुल्क टि सर्ट र टोपी उपलब्ध गराईएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.