logo

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

 इसीमाना सम्बाददाता     २०८३ जेठ २९ गते ०८: ०३ मा प्रकाशित     587   पटक पढिएको

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

 

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट बिनियोजन गरेको पर्सा क्षेत्र नं १ का साँसद हरीपन्तले जानकारी दिए ।

 

 युवा तथा खेलकुद मन्त्रालयले नारायणी रंगशालाको थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ तथा नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको पन्तले जनाए ।

 

पूर्वाधार विकास मन्त्रालयले रंगशालामा फ्लडलाइट जडान तथा अन्य स्तरोउन्नती  कार्यका लागि थप ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

 सांसद पन्तले नारायणी रंगशाला वर्तमान सरकारको प्राथमिकतामा परेको दाबी गर्दै यसले खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

 

यसैबीच, सरकारले मधेश प्रदेशका विभिन्न खेल पूर्वाधार विकासका लागि पनि बजेट व्यवस्था गरेको छ ।

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का इन्जिनियर शिवचन्द्र  यादवका अनुसार प्रदेशका अन्य पाँच जिल्लाका रंगशाला तथा खेलमैदानलाई लक्षित गरी कुल ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

बजेट अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित खेलमैदानका लागि ३ करोड रुपैयाँ, सिराहाको लहान नगरपालिका अन्तर्गत पशुपति आदर्श माध्यमिक विद्यालयमा कभर्डहल निर्माणका लागि ३ करोड रुपैयाँ तथा बाराको कलैया क्रिकेट मैदानको पूर्वाधार विकासका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।

 

त्यसैगरी धनुषाको रामजानकी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १ करोड रुपैयाँ र सप्तरीको राजविराजस्थित राज रंगशालाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.