logo

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

 इसीमाना सम्वाददाता     २०८३ असोज १५ गते ०८: ३० मा प्रकाशित     54   पटक पढिएको

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

 

इलाका प्रहरी कार्यालय, प्रसौनी बाराले उद्धार गरी बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याएकी महिलाको परिवार पहिचान भएपछि बिहीबार उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो।

 

आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना क्षेत्रको मोहम्मदपुर सागर गाउँकी हुन्। उनी करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी थिइन्।

 

आश्रममा ल्याइएपछि महिलाको पारिवारिक अवस्था र ठेगाना पहिचानका लागि खोजी तथा समन्वय गरिएको थियो। निरन्तरको प्रयासपछि परिवारसँग सम्पर्क स्थापित भएपछि उनलाई भाइ सोहन रायको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको आश्रमले जनाएको छ।

 

मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले परिवारसँग सम्पर्कविहीन रहेकी महिलालाई आफन्तसँग पुनः जोड्न सकिएको जानकारी दिए।

 

 उनका अनुसार अलपत्र तथा परिवारबाट टाढा रहेका व्यक्तिको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलन गराउनु आश्रमको प्रमुख उद्देश्यअन्तर्गत पर्छ।

 

महिलाको उद्धारमा सहयोग गर्ने इलाका प्रहरी कार्यालय, प्रसौनी, मानवसेवा आश्रम वीरगञ्ज तथा परिवार पहिचानका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ता विनय कुमारलगायत सबै सहयोगीप्रति आश्रमले आभार व्यक्त गरेको छ।

 

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको उद्धार, संरक्षण तथा आवश्यक उपचारसँगै परिवार पहिचान गरी पुनर्मिलन गराउँदै आएको छ।

 

एक वर्षदेखि परिवारबाट टाढा रहेकी महिलालाई आफन्तको जिम्मा लगाउन सफल भएको घटनालाई आश्रमले आफ्नो मानवसेवा अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.