logo

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

      12/4/2019 गते 00 00 मा प्रकाशित     6223   पटक पढिएको

बीरगंज  १८   मङसीर। आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ।

पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका पिपडारीका ४८ वर्षिया  रामरती मलाहले  बुधबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि आफुले न्याय नपाएको आम संचार क्षेत्रलाई आवाज उठाइदिन आग्ह गर्नु भएको छ । 


घटना मङसीर ११ गते बुधबारको दिन रातिको करिब १२ बजे  आसपासको हो ।  म मेरो छोरा, बुहारी र नातिनी सबै सुतेको बेला जगरनाथपुर गाउँपालिका वडा नं.४ घर भएकाअतिकरिम मिया जोर जर्वजस्ती घरमा पसेको  उहाँले बताउनु भयो ।

 

गलत नियतले प्रबेश गर्ने मियाँलाई घर परिवारका सदस्यहरुले होहल्ला गरेर प्रतिरोध गरे पछि स्थानीयहरुको सहयोगमा प्रहरीलाई बुझाइएको थियो ।

तर भोलि पल्ट नै प्रहरीले विना कारवाही छोडेको भन्दै पीडित महिलाले पत्रकार सम्मेलनमा दुःखेसो पोख्नु भयो ।

गिरफ्तार गरिएका मिया सोही गाउँपालिकाका प्रमुख जालिम मिया चढने मोटरका चालक हुन । मियाले उनलाई आफनो जमानीमा भोलीपल्टै हिरासतमुक्त गराएका गराउनु भएको थियो ।

 

भोली पल्ट उजुरी लिएर जाँदा प्रहरीले  अतिकरिम मियालाई छोडेको थाहा पाएका पीडितले आफू अन्यायमा परेको अनुभव गर्न बाध्य भएको बताउनु भयो । 

 श्रीमान बाहिर, दुई अरु छोराहरु पनि बाहिर भएको अवस्थामा ईज्जत् लूटने, चोरी डकैत गर्ने र ज्यानमार्ने समेतको उदेश्यले आएको हुन सक्ने त्यस्तो मान्छेलाई कारवाही बिना उन्मुक्ति दिइएकोमा आफ्नो चित्त दुःखेको उहाँले बताउनु भयोे । प्रहरीले यसो गरेर कानूनी शासनको खिल्ली उडाएको उहाँले टिपपणी गर्नु भयो ।


पत्रकार सम्मेलनमा पीडित रामरति मलाह, जलेसिया देवी, फुलमति देवी लगायत ६ जना महिलाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.