logo

प्रहरीको चेतावनीपछि पनि भाग्न खोज्दा हत्या आरोपीमाथि गोली प्रहार

 इसीमाना सम्वाददाता     २०८३ मंसिर १२ गते ०८: १६ मा प्रकाशित     62   पटक पढिएको

धनुषा । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। धनुषा प्रहरीले भारततर्फ भाग्न खोज्ने क्रममा गोली प्रहार गरी उनलाई पक्राउ गरेको जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी ३० वर्षीय बालक दास भन्ने जयकुमार यादव रहेका छन्।

 

प्रहरीका अनुसार गत कात्तिक २९ गते शहीदनगर नगरपालिका–२ स्थित धनी पोखरीमा छठघाट निर्माण गरी पूजासामग्री राख्न बसेका करिब ६० वर्षीय रामजतन यादव कात्तिक ३० गते बिहान मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा रगतजस्तो पदार्थ लागेको धारिलो हतियारसमेत बरामद भएको थियो।

 

घटनाको अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण जयकुमार यादवले धारिलो हतियार प्रहार गरी रामजतनको हत्या गरेको र त्यसपछि भारततर्फ फरार भएको खुलेको प्रहरीको भनाइ छ।

 

फरार प्रतिवादी भारतीय सीमावर्ती क्षेत्र जटहीमा लुकिछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा मंसिर १२ गते साँझ करिब ६ बजे नगराइन नगरपालिका–२ जटहीबाट रातोपुल जाने बाटोस्थित सीमा क्षेत्रमा फेला पारेको थियो।

 

प्रहरीलाई देखेपछि भारततर्फ भाग्न खोजेका यादवलाई आत्मसमर्पण गर्न चेतावनी दिँदै एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसका बाबजुद भाग्न खोजेपछि थप गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रहरीको गोली लागेर यादवको बायाँ तिघ्रामा एक र दाहिने घुँडामुनि दुई गरी तीन गोली लागेको छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.