logo

खसीमा संगीनी सुई माछामा फर्मालिन र तरकारीमा बिषादीको प्रयोग बढदो

      3/8/2018 गते 00 00 मा प्रकाशित     992   पटक पढिएको


बीरगंज २५ फागुन । 
उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

 

कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिको सहकार्य तथा राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा भएको विषादि न्यूनीकरण सचेतना कार्यशालाका विज्ञ तथा सहभागी वक्ताले त्यस्तो कुरामा जोड दिएका हुन् ।

 

अहिले उपभोक्ता र उत्पादकले पनि जथाभावी विषादिको प्रयोग र उपभोग गरिरहेको भन्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युत ढकालले अब सचेत बन्नुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै ढकालले समयमै सचेतता नअपनाउने हो भने मानिसले विषादि सेवनका कारण गम्भीर रोगको शिकार भई अकाल मृत्युवरण गर्नुपर्ने बताए । 


राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले तरकारी बारीमा कडा खाले विषादि प्रयोग, खसी र सुँगुरमा संगिनी सुइ, कुखुरामा एन्टीवायोटिक र भारतबाट आयात हुने माछामा फर्मालिङ जस्ता घातक पदार्थको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको बताए ।

 

महर्जनले मासुको तौल बढाउन संगिनी सुइको प्रयोग भएको र यसले मानिसमा बाँझोपनका साथै अन्य थुप्रै समस्या देखाउन थालेको बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ कलाकार लय संग्रौला, बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं। १का अध्यक्ष अग्निप्रसाद पाण्डेले विषादिमुक्त अभियान सञ्चालन र अग्र्यानिक उत्पादन तथा उपभोगमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिलला अधिकारी कृष्णचन्द्र पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सचिव गोविन्द सुवेदीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले विषादि न्यूनीकरणका लागि जनचेतना अभियानलाई गाउँ र घर–घरसम्म पु¥याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुतिपछि सहभागीहरुले विज्ञहरुलाई विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले गरेका थिए ।

 

कार्यक्रममा झापाका विभिन्न क्षेत्रका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी गरी एक सयभन्दा बढीको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.