logo

नेकपा एमालेका अध्यक्ष ओलीको अडान , ‘विदेशीको कठपुतलीसँग अँध्यारो मुख लगाएर हिडिदैन

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २ गते ०५: ०५ मा प्रकाशित     723   पटक पढिएको

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको व्यक्ति भएको बताए।

 

आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको “सम्पादकसँगको छलफल” कार्यक्रममा बोल्दै उनले  विदेशी शक्तिले चलाएका कठपुतलीसँग अँध्यारो मुख लगाएर नहिँड्ने स्पष्ट पारे।

 

उनका अनुसार अहिलेको सरकारले आफूलाई देशभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ। “यो कस्तो सरकार हो ?” भन्दै उनले  प्रश्न गरे।

 

ओलीले आफू माथि सुरक्षा चुनौती रहेको बेला सरकारले आफ्नो सुरक्षा फिर्ता लिएर गिरोहका मानिसहरूको सुरक्षा बढाएको आरोप लगाए ।

 

उनले भने , “भोलि तपाईंहरू (सम्पादकहरू) नै सम्पादकीय लेखेर भन्नुहुनेछ— ‘केपी ओलीलाई फिर्ता ल्याउनुपर्छ।’ विशेष सम्पादकीय लेखेर भन्न बाध्य हुने अवस्था आउने छ ।”

 

भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको ओलीको भनाइ छ। “मेरै घर जलाइएको छ, मेरो बाउको घर जलाइएको छ। त्यसको जिम्मा म कसरी लिन सक्छु ? मेरो घर मैले नै जलाएँ त ?” उनले प्रश्न गरे।

 

जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भइरहेको उल्लेख गर्दै उनले  त्यसबारे पत्रकारहरू समेत बोल्न नसकेको गुनासो गरे । “नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्न र लेख्न सक्नुपर्छ,” उनले भने ।

 

ओलीले संसद् स्थापना बाहेक अन्य कुनै विकल्प नभएको बताउँदै सम्पादकहरूले पनि त्यसको समर्थन गर्नुपर्ने टिप्पणी गरे । उनले भने “मैले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरू अहिले संसद् विघटनको समर्थनमा उभिनु आश्चर्यजनक छ।”

 

निर्वाचनबाट छानिने शासन प्रणाली आफूलाई मन परेको भए पनि अपराधी र बन्दुकका बीचमा स्वतन्त्र चुनाव हुन नसक्ने ओलीको भनाइ छ। उनका अनुसार एमालेले चुनाव बहिष्कार गर्न खोजेको होइन, “यो सरकारले चुनाव नै गराउन नसक्ने स्थिति बनाएको हो”

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.