logo

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ८ गते ०६: ०४ मा प्रकाशित     360   पटक पढिएको

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

 

यसलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायहरूले पूर्ण सुरक्षा तयारीका साथ चाड मनाउने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

 

शनिबार घडिअर्वा छठपूजा व्यवस्थापन समितिद्वारा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूले सम्भावित जोखिम न्यूनीकरण, भीड नियन्त्रण र आकस्मिक उद्धारका लागि प्रभावकारी योजना लागू गर्ने निर्णय गरेका हुन्।

 

 समितिका अनुसार यस वर्ष करिब १ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्न घडिअर्वा पोखरीमा आउने अनुमान गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले भीड व्यवस्थापनलाई सर्वाधिक प्राथमिकता दिइएको बताउँदै, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए।

 

प्रहरी उपरीक्षक सुदीपराज पाठकले स्वयंसेवकहरूसँग समन्वय गर्दै पोखरी परिसरमै एक प्रहरी अधिकृतको नेतृत्वमा कन्ट्रोल रुम स्थापना गरिने बताए। उनका अनुसार घटनामा तत्काल प्रतिक्रिया दिन सकियोस् भनेर २० भन्दा बढी सीसीटीभी क्यामेरा सक्रिय गरिनेछ।

 

सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पोखरीको जल क्षेत्रलाई ध्यानमा राख्दै मोटरेबल बोटसहितको सुरक्षा टोली, महिला सुरक्षाकर्मी र गोताखोरहरू तयारी अवस्थामा रहने जानकारी दिए।

 

छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले विगतका अनुभवका आधारमा यस पटक सजगता र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाइएको बताए।

 

उनका अनुसार, सुरक्षासँगै घाटको सरसफाइ, बिजुली बत्तीको व्यवस्था र जनसहभागिता सुनिश्चित गर्न पनि विशेष समन्वय गरिएको छ।

 

सुरक्षा उपसमितिकी मुना साहले घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना प्रशिक्षित स्वयंसेवक खटाइने जानकारी दिइन्। त्यस्तै प्रभाकर गुप्ताले छठघाट नजिकै एम्बुलेन्स, दमकल र प्राथमिक उपचार केन्द्र उपलब्ध गराइने बताए।

 

बैठकमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, वडा प्रतिनिधि, ट्राफिक प्रहरी, स्थानीय प्रहरी, क्लब पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थितिमा सुरक्षा योजना अन्तिम रूप दिइएको थियो।

 

सुरक्षा निकायहरूले छठ पर्वलाई धार्मिक आस्था र सामाजिक शान्तिको प्रतीक भन्दै भक्तजनहरूले निस्फिक्री र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने सुनिश्चितता प्रदान गर्न सबै तयारी पूरा भइसकेको जनाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.