logo

मधेश सरकार विस्तार र बिश्वासको मत सम्बन्धमा  पाँच दल चन्द्रनिगाहपुरमा निर्णायक बैठकमा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ७ गते ०१: ४५ मा प्रकाशित     258   पटक पढिएको

वीरगंज ।  मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबण्डा टुंग्याउने उद्देश्यले सत्तारूढ पाँच दल आज निर्णायक बैठकमा बस्दैछन्। बैठक रौतहटको चन्द्रनिगाहपुरमा चल्दै  छ।

 

बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी हुनेछन्। स्रोतका अनुसार बैठकले सरकार विस्तार, मन्त्रालय बाँडफाँट, सरकारको कार्यादेश  र विश्वासको मत सम्बन्धी प्रक्रियाबारे अन्तिम निर्णय लिने तयारी गरेको छ।

 

त्यससँगै बैठकमा हालै जनमत पार्टीबाट फुटेको जनस्वराज पार्टी र नागरिक उन्मुक्ति पार्टी लाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ।

 

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनले भोलिपल्ट असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएर जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल लाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

 

तर सत्तारूढ दलबीच मन्त्रालय बाँडफाँटको सूत्रमा सहमति नजुटेकाले एक साताभन्दा बढी समय बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। दुई मन्त्रीलाई समेत अहिलेसम्म जिम्मेवारी तोकिएको छैन।

 

आजको बैठकबाट मन्त्रालय बाँडफाँटको अन्तिम रूपरेखा तय गर्ने र सरकार सञ्चालनको प्रारूपमा सहमति जुटाउने अपेक्षा गरिएको छ। नेताहरूको भनाइअनुसार, सहमति जुटेपछि मुख्यमन्त्री सोनलले आगामी केही दिनमै मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने  छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, मधेशको नयाँ सत्ता समीकरणले प्रदेशको सत्ता सन्तुलनमा मात्रै होइन, संघीय तहमा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। जसपाको प्रमुख भूमिका र जनमत पार्टीको आन्तरिक विभाजनले आगामी चरणमा प्रदेश राजनीतिलाई नयाँ मोड दिने अनुमान गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.