logo

मधेशमा छठ पर्व सुरु, वीरगंजको घडीअर्वा सहितका छटघाटहरू भब्य रुपमा सजाइदै

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ८ गते १०: १० मा प्रकाशित     57   पटक पढिएको

वीरगंज । मधेशको सबैभन्दा ठूलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वीरगंज, कलैया गौर,मलंगवा,रावबिजराज,जनकपुरधाम,जलेश्वर सिरहाका विभिन्न घाटहरू भब्य रुपमा सजाईएको छ ।

 

वीरगंजको घडीअर्वापोखरी, मुर्ली पोखरी, रानीघाट जनकपुरका गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरी लगायत सजावटमा राष्ट्रिय रुपमै ख्यातीप्राप्त छठघाट हुन ।


छठघाटहरुमा शान्ति सुरक्षाका लागि स्थानीय प्रहरी प्रशासनसँग पनि समन्वय गरिएको छ। छठ पर्व घरेलु उत्पादनमा आधारित रहने भएकाले भक्तजनहरूले आफ्नै खेतबारीमा उत्पादन गरिएको गहुँ र चामललाई धोएर, घरकै जाँतोमा पिसी त्यसैबाट पकवानहरू तयार गर्छन्।

 

यससँगै बजारमा पनि छठ सामग्री किनमेलको चहलपहल बढेको छ। मधेशका शहर बजारहरुमा  अहिले बाँस र माटोबाट बनेका सामग्रीहरू—जस्तै घैँटो, हात्ती, छैट्टी (टोकरी) नाङ्लो, कन्सुपती आदि—को बिक्रीमा भीड देखिएको छ। छठमा यी वस्तुहरू शुद्ध र पवित्र मानिने भएकाले यसको माग अत्यधिक बढेको व्यापारीहरूले बताएका छन्।

 

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाए’ सम्पन्न हुँदैछ। दोस्रो दिन आइतबार व्रतालुहरूले दिनभर उपवास बसेर राति ‘खरना’ विधिअन्तर्गत खीर बनाएर अर्पण गर्नेछन्।

 

 सोमबार मूल दिनमा ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नबाट बनेका पकवानसहित सूर्यलाई अस्ताउँदो बेला अघ्र्य दिइनेछ। अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.