logo

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ९ गते ०९: ०५ मा प्रकाशित     257   पटक पढिएको

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

 

 

शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुहरुले  आज पञ्चमी तिथिमा आत्मशुद्धि र निष्ठाको प्रतीक मानिने ‘खरना’को तयारीमा जुटेका हुन्।

परम्पराअनुसार बर्तालुले आइतवार बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन्।

 

साँझ चन्द्रदर्शनपछि माटोको नयाँ चुल्होमा सक्खर, दूध र चामल मिसाएर खिर पकाई केराको पातमा राखी छठी देवी र कूलदेवतासँग पूजा गरी प्रसादस्वरूप ग्रहण गर्ने चलन छ। यस विधिलाई  ‘खरना’ भनिन्छ।


छठको मुख्य व्रत भने भोलि सोमबार (कात्तिक शुक्ल षष्ठी)का दिन सम्पन्न हुनेछ। सो दिन बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन। त्यसपछि मंगलबार बिहान (सप्तमी तिथिमा) उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य  दिई व्रत समापन गर्ने परम्परा छ।

 

छठमा तयार गरिने प्रसाद — ठेकुवा, भुसुवा, र अन्य मिष्टान्न — ढिकी(जाँतोमा कुटिएको पीठोबाटै बनाइन्छ। यी प्रसाद आफन्त, नातेदार र इष्टजनहरूमा बाँड्ने  परम्परा छ।


त्यस्तै, अर्घ्य दिने जलाशयका घाटहरू आकर्षक ढङ्गले सजाइने र सफाइलाई विशेष प्राथमिकता दिइने गर्छ।

 

पहिले मधेसी समुदायमा सीमित छठ पर्व पछिल्ला वर्षमा देशभर साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ। छठ अहिले धर्म, संस्कृति र वर्गपिच्छे सबै समुदायले मनाउने साझा आस्थाको पर्व बनेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.