logo

वीरगंजका चिकित्सकहरूले बिरामीलाई ठगी रहेको खुलासा

      6/14/2018 गते 00 00 मा प्रकाशित     963   पटक पढिएको

 वीरगंजमा रहेका स्वास्थ्य संस्था र त्यसमा कार्यरत चिकित्सकहरूले झुन्ड्याउने साइनबोर्ड पनि मेडिकल काउन्सिलले तोकेसरह छैन । काउन्सिलले साइनबोर्डको हकमा पनि मापदण्ड बनाएको नेपाल मेडिकल एसोसिएशन, पर्साका अध्यक्ष्F डा. अग्रवालले बताए । उनले वीरगंजमा देखिएको साइनबोर्डको हकमा मापदण्डविपरीत रहेको पुष्टि गरेका छन् । 
    डा. अग्रवालले सबै स्वास्थ्य संस्था र चिकित्सकहरूलाई काउन्सिलले तोकेको मापदण्ड अनुसार काम गर्न आग्रह गरेका छन् ।  

  बीरगंजमा कार्यरत अधिकांश चिकित्सकहरूले भूmटा विवरण प्रस्तुत गरेर बिरामीहरूलाई ठगी गरिरहेको पाइएको छ । नेपाल काउन्सिलले जारी गरेको निर्देशिका अनुसार खास विषयमा एबिबिएस गरेर एमडी गरेका चिकित्सकहरूले विशेषज्ञ लेख्न सक्छन् ।

 

जुन विषयमा एमडी गरेको हो त्यो विषयमा मात्र विशेषज्ञ लेख्न सकिन्छ । तर वीरगंज महानगरमा रहेका थुप्रै चिकित्सकहरूले सम्बन्धित विषयमा एमडी नगरेरै आपूmलाई विशेषज्ञ दर्जा दिंदै आएको पाइएको छ । यसैगरी वरिष्ठको लागि सरकारले मान पदवी दिएको हुनुपर्छ ।

 

नेपाल मेडिकल काउन्सिल नारायणी वीरगंजका अध्यक्ष्ँ डा. जगदीशप्रसाद अग्रवालले सरकारले वरिष्ठको उपाधि दिने र अन्यको हकमा अध्ययन अनुसारको पद लेख्नुपर्ने बताए । उनले यसको अनुगमन नियमन गर्ने संस्था मेडिकल काउन्सिल भएको बताए । मेडिकल एसोसिएशन, नारायणी वीरगंजमा ३५० जना चिकित्सक आबद्ध छन् ।     
    वीरगंजमा चिकित्सकहरूको भीडभाड हुने स्थान मकालुदेखि नाउक्ष्ँे अस्पतालसम्मको क्ष्ँेत्रमा रहेका चिकित्सकहरूको साइनबोर्ड हेर्ने हो भने धेरैजसोले आपूmलाई विभिन्न रोगको विशेषज्ञ, वरिष्ठ चिकित्सकको दर्जा दिएर साइनबोर्ड झुन्ड्याउने गरेको पाइन्छ ।


    वीरगंजकै अन्य ठाउँमा पनि चिकित्सकहरूको साइनबोर्डमा यसै प्रकारको पदवीहरू राखेको पाइन्छ ।  कतिपय चिकित्सकहरूले एकदेखि ६ महिना तालिम लिएको आधारमा मात्र ‘वरिष्ठ‘ र ‘विशेषज्ञ’ लेख्ने गरेका छन् ।
    खासगरी छाती, मुटु र पेटको सन्दर्भमा विशेषज्ञ लेख्ने अधिकार डास्टर अफ मास्टर ९डिएम० लाई मात्र छ । तर यसमा पनि एमडी गरेकाहरूले आपूmलाई विशेषज्ञ भनेर लेख्ने गरेको पाइएको छ । वीरगंजको सन्दर्भमा डा। अरुणकुमार कर्ण एकमात्र मुटुरोग विशेषज्ञ हुन् ।

 

उनी हालै गङ्गालाल हृदय उपचार केन्द्रबाट डिएम गरेर आएका हुन् । उनीबाहेक वीरगंजमा थुप्रैले आपूmलाई मुटुरोग विशेषज्ञ भनेर साइनबोर्ड झुन्ड्याएको पाइन्छ । 
    कतिपय चिकित्सकहरूले एमबिबिएस गरेको आधारमा मात्रै पनि ‘वरिष्ठ’ र ‘विशेषज्ञ’को दर्जा दिएर सोही अनुरूप साइनबोर्ड झुन्ड्याएका छन् ।

 

लामो समयदेखि यस प्रकारको विकृति वीरगंजमा मौलाउँदा पनि मेडिकल काउन्सिल चुप लागेर बसेको छ । यसको अलावा जिल्ला प्रहरी कार्यालयले यसको अनुगमन गर्नुपर्ने हो । यस्तो कार्य ठगी अन्तर्गत पर्दछ र ठगी मुद्दा हेर्ने अधिकार जिल्ला प्रहरीलाई छ । प्रहरीले यस प्रकारको लापरवाहीविरुद्ध नजानेर वा जानेर नै पनि कुनै कारबाई गरेको अहिलेसम्म जानकारीमा आएको छैन ।सुष्मा शर्मा /प्रतीक दैनीकबाट

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.