logo

वीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्ब

      6/24/2018 गते 00 00 मा प्रकाशित     1215   पटक पढिएको

वीरगन्ज, १० असार । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै पाँच अर्बको बजेट प्रस्तुत गरेको छ । आईतबार बीरगंजमा आयोजना भएको  दोश्रो नगरसभामा आर्थिक बर्ष २०७५/०७६ का लागि चार अर्ब ९४ करोड ३१ लाख ७७ हजार रुपैंयाको बजेट प्रस्तुत भएको हो  ।

     नगर सभामा वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तावित बजेट मध्य नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सकारबाट सशर्त अनुदान ३ करोड, केन्द्र सरकारका कार्यक्रमसँग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार, वैदेशिक श्रोततर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि २ अर्ब, ६१ करोड, ८२ लाख ९५ हजार, नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड २७ लाख ३५ हजार उपलब्ध हुने जनाइएको छ  ।

      त्यस्तै महानगरपालिकाले आफ्नै प्राथामिकतामा विनियोजन गर्न सक्ने रकमतर्फ नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९९ हजार, राजस्व बाँडफाँडबाट २२ करोड १८ लाख २० हजार, आन्तरिक आयकर, सेवा शुल्क र दस्तुबाट ५९ करोड ५३ लाख ६० हजार रुपैंया आय हुने अनुमान गरिएको छ ।

      चालू खर्चतर्फ १ अर्ब ४४ करोड ७९ लाख नौ हजार विनियोजन गरिएको छ । त्यस्तै पूँजिगत खर्चतर्फ ३ अर्ब, ५१ करोड, ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थामा १ करोड ५८ लाख ८३ हजार गरि कूल चार अर्ब ९७ करोड ८१ लाख ७७ हजार विनियोजन गरेको छ । यो कूल बजेटको चालू तर्फ २९.१ प्रतिशत, पूँजीगततर्फ ७०.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ०.३ प्रतिशत रहेको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

     विनियोजित बजेटको क्षेत्रगत रुपमा पूर्वाधार विकासक्षेत्र तर्फ ३ अर्ब ३६ करोड ६० लाख ८५ हजार, वातावरण तथा विपद व्यवास्थापनक्षेत्रमा १ करोड ९१ लाख ५० हजार, सामाजि विकासतर्फ ८५ करोड ५५ लाख २३ हजार, कृषि पर्यटन समे आर्थिक विकासतर्फ २ करोड २० लाख ६७ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड र अन्यमा ५१ करोड ५३ लाख ५२ हजार बजेट विनियोजन गरेको छ ।

    

महानगरको नीति तथा कार्यक्रम

     वीरगन्ज महानगरले आर्थिक विकासको नीति, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन नीति संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका पाँचबुँदे नीति उल्लेख गरेको छ ।   

     “समृद्ध बीरगंज आफनै बलबुतामा” भन्ने नाराका साथ सभ्य र समृद्ध वीरगन्ज महानगरको  दीर्घकालिन योजनाहरु बनाएको छ । बीरगंजमा रहेको ठाकुराम बहुमुखी क्याम्पसलाई आधार क्याम्पस मानेर वीरगन्ज विश्व विद्यालय संचालन गर्न प्रदेश र संघीय सरकार तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय बढाउने, कृषि औजार कारखानालाई कृषिमा आधारति इञ्जिनियरिङ कलेज बनाउन सम्भाव्यता अध्ययन अगाडि बढाउने नीति लिएको छ ।

          भोडाहा नदी, सिंघा खोला किनारको भू–भागमा रहेको ऐलानी, पर्ति जग्गा खोजविन गरि उक्त जग्गामा विभिन्न किसिमका वाटर फन पार्क, मनोरञ्जनात्मक हाटेल, पार्कको व्यवस्था गर्न निजीक्षेत्रसँग निर्माण स्वामित्व संचालन र हस्तान्तरण (द्यइइत्) प्रणालीमा संचालन गर्ने र यसले स्थानीयवासीको आर्थिक स्थितिमा पनि सुधार ल्याउने अपेक्षा गरेको छ । यातायात गुरुयोजना, वीरगन्जमा चक्रपथ निर्माण पूरानो बसपार्कमा व्यापारिक भवन, लगायतका योजनाहरु राखेको छ । त्यसैगरी विदेशबाट आयात गरिएका सिमेण्टको लागि चाहिने कच्चा पदार्थ क्लिंकर तथा धूलो कार्गोको लागि रेल्वे यार्डको स्थापना गर्न सम्बन्धित पक्षसँग सहकार्य गरिने जनाएको छ ।

     

नगरसभा सदस्यहरुको बिरोध

वीरगन्ज महानगरपालिकाको दोश्रो नगरसभा शुरुहुनुभन्दा अघि नगरपालिकाका विभिन्न वडाका वडा सदस्यहरुले विभिन्न १२ बुँदे माग राख्दै विरोध पनि जनाएका छन् । उनीहरुले आफूहरुको तलव प्रति महिना १० हजार र १० वटा बैठक अनिर्वाय हुनु पर्ने माग राखेका छन । वडाको  विकासको काममा आएको रकमको ४० प्रतिशत वडा अध्यक्ष र ६० प्रतिशत वडा सदस्यहरुले पाउनुपर्ने, भ्रमण खर्च, औषधि उपचार खर्च, वीमा अवधीभर, मोटरसाईकल लगायतका सेवा सुविधा दिनुपर्ने भन्दै वडा सदस्यहरुले नगरसभामा अनुपस्थित भएका थिए । वडाको बजेट वडाबाटै खर्च गर्न पाउनुपर्ने, पेट्रोल १० लिटर पाउनु पर्ने लगायतका माग राखेर नगर सभाको उदघाटन सत्रमा अनुपस्थित भएका हुन् ।नगरसभाका सदस्यहरुको अवरोध कारण नगरसभाको बन्द सत्र भने स्थगीत भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.