logo

धनुषामा १० लाखसम्म घुस लिएका कर्मचारी भन्छन्  सचिवसम्म बाँड्नुपर्छ

      २०७८ सावन ६ गते ०८: ३३ मा प्रकाशित     759   पटक पढिएको

काठमाडौँ / घुस लेनदेनका आधारमा हुने लेखा परीक्षणको विकृति सबैतिर भेटिन थालेको छ । लेखापरीक्षणमा खटिएका महालेखाका कर्मचारीहरुले स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयसम्म हाक्काहाक्की घुस लिने गरेको भेटिएको हो ।

 

यसरी घुसका आधारमा लेखा परीक्षण गराउँदा महालेखाले सम्वन्धित कार्यालयको आर्थिक अपचलनलाई लुकाउने गरेको समेत पाइएको छ ।

महालेखाका कर्मचारीहरु आफैँले शुरुमा आर्थिक अनियमितता गरेको विवरणहरु पेश गर्ने र तोकिएको दरमा घुस अंक बुझाएमा उन्मूक्ति दिने गरेको पाइएको हो ।

 

अरु जिल्लाहरुमा जस्तै धनुषाका स्थानीय तहमा भएको लेखापरीक्षणमा पनि यसैगरी घुस लिएर लेखा परीक्षण गरेको पाइएको हो । गत फागुनमा महालेखाका उपसचिव वैभवद्धीप श्रेष्ठ नेतृत्वमा ६ जना कर्मचारीको टोली धनुषा गएको थियो ।

 

स्थानीय तहको खर्च अनुशासन जाँच गर्न गएको त्यो टोलीले लेखापरीक्षणका क्रममा स्थानीय तहसँग बार्गेनिङ गरेर घुस लिएर फर्किएको भेटिएको हो ।


धनुषाको बटेश्वर गाउँपालिकाबाट महालेखा टोलीले कम्तिमा ५ लाख घुस लिएर लेखापरीक्षण रिपोर्टमा बेरुजु र आर्थिक अपचलनलाई लुकाउने प्रस्ताव राखेको थियो ।

 

उक्त घुस बार्गेनिङमा महालेखाकातर्फबाट लेखापरीक्षण अधिकारी प्रयास घिमिरेले नेतृत्व गरेका थिए । तर गाउँपालिकाका प्रशासकीय अधिकृत रुद्रनारायण यादवले ५ लाख दिन नसक्ने अडान राखे ।

 

महालेखाको टोली लेखापरीक्षण सकेर काठमाडौँ फर्कियो तर प्रतिवेदन दिइएन । घिमिरेले आफ्नो मागदावी अनुसार घुस नपाउँदासम्म प्रतिवेदन नदिने अडान दोहोर्याइरहे ।

 

अन्ततः २ लाख घुस लिएर हिसाब मिलान गरेको गाउँपालिकाका लेखा प्रमुख सुमन पुरीले भने । उनले हाँस्दै थपे, ‘अन्तिममा दुई लाखमा कुरा मिल्यो, त्यसपछि प्रतिवेदन पनि पाइसक्यौँ ।’

 

वैभवद्धीप श्रेष्ठ नेतृत्वको महालेखाका कर्मचारीहरुले धनुषामा अन्य स्थानीय तहबाट पनि यसैगरी घुस संकलन गरेका छन् । यो टोलीले जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाबाट गैरकानूनी रुपमा ६ लाख घुस रकम संकलन गरेको थियो । लेखा अधिकृत प्रकाश कर्णका अनुसार लेखापरीक्षणमा प्रयास घिमिरेको सक्रियता बढी थियो । तर कर्णले घुस अंक लेनदेनका बारेमा भने थप बताउन चाहेनन् ।

 

सो टोलीले मिथिला नगरपालिकासँग आर्थिक अपचलनका फाइलहरु मिलाउन ५ लाख रुपैयाँ माग गरेको थियो । तर अन्तिममा ३ लाख रुपैयाँमा सहमति भएको र लेखापरीक्षणकै क्रममा ३ लाख रुपैयाँ उपलब्ध गराएको नगरपालिकाका एक कर्मचारीले बताए ।

 

‘भनेको पैसा नदिंदा फछ्यौट नै गर्न नसक्ने गरी बेरुजु र असुली लेख्ने स्थिति आयो, ती कर्मचारीले भने, भोलि अख्तियारमा बयानमा धाउनुभन्दा तीन लाख दिंदा ढुक्क हुने भएकाले घुस बुझाऔँ ।’

प्रदेश नं २ मा मात्र होइन, सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा पनि घुसकै आधारमा लेखा परीक्षण भएको पाइएको छ । कञ्चनपुरमा निर्देशक लेखप्रसाद लामिछाने र मोहन भट्टराई नेतृत्वको टोलीले गत चैतमा लेखा प्रदेश कार्यालय र स्थानीय तहको लेखापरीक्षण गरेको थियो ।

 

लेखापरीक्षणका क्रममा उक्त टोलीले बेरुजुको अंक घटबढ बनाएर स्थानीय तहहरुको एक करोडभन्दा बढी बेरुजु र प्रदेश कार्यालयको ५० लाख मात्र बेरुजु औल्याएको थियो ।

बेरुजुमा चलखेल गरेर उक्त टोलीले हरेक स्थानीय तहबाट न्यूनतम एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म असुल गरेर फकिएका हुन् । यसरी लेखा परीक्षणमा घुस दावी गर्दै हिडेका महालेखाका कर्मचारीहरुले यसरी संकलन भएको घुस महालेखाका सहसचिवदेखि सचिवसम्म पुग्ने बताए । नाम नबताउने शर्तमा एक कर्मचारीले भने, ‘हाम्रो तीन जनाको टोलीले लेखापरीक्षण गर्दा प्राप्त भएको कमिशन महालेखाका थप ५ जनालाई दिनुपर्ने हुन्छ ।’

उनले घुसको बाँडफाँट नगरे हरेक बर्ष हुने कार्यसम्पादन मूल्यांकनमा अंक काट्नेदेखि जिम्मेवारी बाँडफाँटमा समेत असर पर्ने बताए । ‘घुस दिनसक्ने कर्मचारीले त्यहीअनुसारको कार्यालयको लेखापरीक्षणको जिम्मेवारी पाउँछन्, बढुवा पनि उसैको चाँडो हुन्छ, ती अधिकारी भन्छन्, नायव महालेखा परीक्षकसम्म घुस नपु¥याउनेहरुको महालेखामा भविष्य छैन । घुस संकलन कर्मचारीको बाध्यता हो ।’

महालेखाका कर्मचारीले घुसका आधारमा लेखा परीक्षण गर्ने गरेको तथ्यहरु सार्वज्निक भएपनि अहिलेसम्म कारबाही अघि बढाएको छैन ।

 

महालेखाका प्रवक्ता महेश्वर काफ्लेले महालेखाका कर्मचारीले घुस खाएर लेखा परीक्षण गर्छन भन्ने कुरा अमूर्त भएको बताए । ‘फलानो मान्छेले घुस खान्छ भन्न मिलेन । प्रमाण सहित आयो भने भएका कानून अनुसार कारबाही गछौँ, ’ उनले भने । उनले यसबारे आफ्नो तर्फबाट अनुसन्धान गर्ने बताए । – नेपालवाच

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.