logo

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १८ गते ०६: २२ मा प्रकाशित     378   पटक पढिएको

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

 

 महिला, विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक–सामाजिक स्तर उकास्ने उद्देश्यले एसियाली विकास बैंकको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो।

 

आयोजना प्रमुख रणधीर पाठकका अनुसार सन् २०२२ देखि सुरु भएको यो कार्यक्रम मधेस प्रदेशका आठ स्थानीय तहमा कार्यान्वयनमा छ।

 

रोजगारी, उद्यमशीलता र आयआर्जन बढाउने लक्ष्यसहित सञ्चालन गरिएको यस परियोजनाले ग्रामीण समुदायलाई विद्युत्सेवा पहुँचमा ल्याउँदै आर्थिक अवसर सिर्जना गरेको छ।

 

नेपाल विद्युत् प्राधिकरण, एसियाली विकास बैंक र नर्वे सरकारको साझेदारीमा यो कार्यक्रम सर्लाहीको बागमती नगरपालिका, सप्तरीको कञ्चनपुर नगरपालिका, सिरहाको लाहान नगरपालिका, धनुषाको बटेश्वर गाउँपालिका, महोत्तरीको बर्दिवास नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सञ्चालनमा छ।

 

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियत यादवका अनुसार, विद्युत् पहुँच विस्तारसँगै सीप विकास, उद्यमी प्रवद्र्धन र जीवनस्तर सुधार कार्यक्रमको मुख्य उद्देश्य हो। यी आठ पालिकाका ४८ देखि ५३ परिवारका दरले जोडिँदा कुल ४०३ घरधुरीले प्रत्यक्ष लाभ पाएका छन्।

 

स्थानीयको भनाइअनुसार विकासको मूलधारबाट पछाडि परेका समुदायस्तरमा विद्युत् पुगेपछि उनीहरू विकासको गतिसँग जोडिएको अनुभूति गरिरहेका छन्।

 

विद्युत् वितरणमा सहजता ल्याउन सरकारले सामूहिक वा सहकारी संरचना गठनमा मात्र सीमित नभई लघु विद्युत् आयोजना निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग बढाउनुपर्ने माग स्थानीयले गरेका छन्।

 

ग्रामीण विद्युतीकरण कार्यक्रमले ग्रामीण क्षेत्रमा हजारौँ साना उद्योग सञ्चालनमा सहयोग पुग्नुका साथै गरिबी निवारणमा योगदान पु¥याएको स्थानीय निकायहरूको मूल्याङ्कन छ।

 

 सहकारी संस्थालाई सबल बनाउने, महसुल संकलन प्रक्रिया पारदर्शी गर्ने र सरोकारकाबीच समन्वय बलियो बनाउनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.