logo

वीरगंज यातायातका  हाकीमहरु गोदागोदमा उत्रे,कार्यलय प्रमुख साहको अर्कमण्यता,करारका कर्मचारी अभावमा समस्या पैदा

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १२ गते ०५: ४५ मा प्रकाशित     244   पटक पढिएको

वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा, पर्सामा आज बिहान करिब ११ बजे कार्यालय प्रमुख कुशेश्वर साह र इन्जिनियर नितेश्वर यादवबीच कार्यालय परिसरमै हातहालाहाल भएको छ।

 

कार्यालयका एक कर्मचारी र एक सेवाग्राहीका अनुसार, रक्सी सेवन गरेर कार्यालय प्रवेश गरेका इन्जिनियर यादवले प्रमुख साहलाई ‘आमा चकारी’ गर्दै गालीगलौज पश्चात हातपात गरेका थिए।

 

केही क्षणमै अन्य कर्मचारीहरूले हस्तक्षेप गरी परिस्थितिलाई नियन्त्रणमा ल्याएका थिए। झगडापछि यादव कार्यालय परिसरबाट फरार भएको र उनको मोबाइल स्विच अफ अवस्थामा रहेको बताइएको छ।

 

स्रोतका अनुसार, हालै करार कर्मचारीलाई हटाइएको विषयमा इन्जिनियर यादव र प्रमुख साहबीच केही समयदेखि विवाद चलिरहेको थियो। 

 

यसबीच, कार्यालय प्रमुख साहको कार्यशैलीका कारण कार्यालय भित्र करार कर्मचारीहरूको समस्या चुलिएको कर्मचारीहरूले बताएका छन्। लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरूको सेवा अवधि थप नहुँदा कार्यालयको नियमित कामकाज समेत प्रभावित भएको उनीहरूको भनाइ छ।

 

कर्मचारीहरूले आरोप लगाएका छन् कि प्रमुख साहले तालुकवाला कार्यालयमा स्थायी कर्मचारीबाट नै काम चलाउन सकिने भनेर ‘ढाँटेको’ कारण करार कर्मचारीको करार अवधिकै नवीकरण हुन सकेन। “लोकसेवा पास गरेर आएका नयाँ कर्मचारीले अझै काम सिक्ने मेसो पनि पाएका छैनन्,” एक कर्मचारीले बताए।

 

तालुकवाला मन्त्रालयका सचिवले समेत प्रमुख साहले करार कर्मचारीको आवश्यकता परेको माग पेश नगरेकै कारण सेवा अवधि थप्न नसकेको बताएका छन्। मन्त्रालयमा यसै कार्यालयमा काम गरिसकेका अधिकृतहरू पनि रहेका छन्, जसले वीरगञ्जस्थित कार्यालयको अवस्था राम्रोसँग बुझेका छन्।

 

 प्रमुख साहको अकर्मण्यता र व्यवस्थापन कमजोर हुँदा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। उनको निर्णयका कारण शहीद परिवारका सदस्य समेत करारको जागिर गुमाउन बाध्य भएको स्रोतले जनाएको छ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.