logo

नेतृत्व चयनको कांर्यभार कार्यकर्तालाई सुम्पेका छौंः अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ७ गते ०८: ३७ मा प्रकाशित     770   पटक पढिएको


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशंैँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको कार्यभार प्रतिनिधि तथा कार्यकर्ताको भएको बताएकाउनु भएको छ । अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न भनेर आफूले कसैलाई दबाब नदिने बताउनु भयो । 
     पार्टीको महाधिवेशनका सन्दर्भमा आज सो पार्टीको केन्द्रीय प्रचार विभागद्वारा सम्पादकहरुसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले “हाम्रो मतदाता घटेको छैन । केही मान्छे बिग्रिएर पार्टी छाडेर गए ।  त्यसयता सयौँको पार्टी प्रवेशले पार्टीलाई थप बलियो बनेको छ । हाम्रो काम नेताहरुको व्यवस्थापन मात्रै होइन, मुख्य काम देश बनाउने कुरा हो ।” आउने निर्वाचनबाट एमाले नै सरकारमा आउने बताउनु भयो  । 
 अध्यक्ष ओलीले देश बनाउने नीति, कार्यक्रम र योजनाहरु गत विधान महाधिवेशनले पारित गरिसकेकाले यो महाधिवेशनले मुख्य रुपमा नेतृत्व निर्माणको काम गर्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो– “यसपल्ट मूलरुपमा उक्त नीतिहरुको कार्यान्वयनका लागि कस्तो नेतृत्व आवश्यक छ भन्ने छनौटको अभिभारा महाधिवेशनका प्रतिनिधिलाई सुम्पदै छौं । मुलुकको वर्तमान अवस्स्था के हुन् र अब, देशलाई कुन नीति र आधारका साथ अगाडि लान सकिन्छ भन्ने बारेमा नेतृत्व निर्माण महाधिवेशनको मुख्य कार्यसूची छ ।’ 
 महाधिवेशन उद्घाटनम ासवारी साधनको उपलब्धताको सीमाका कारण पाँच लाख जनसमुदाय मात्रै सहभागिता गराउने जानकारी उहाँले दिनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले अध्यादेशबाट २० प्रतिशत दल विभाजन गर्न पाउने राजनीतिक दलसम्बन्धी ऐन तथा एमालेले कारबाही गरेका सांसद्लाई सामेल गरेर खोलिएको नेकपा (एकीकृत समाजवादी) लाई दलीय हैसियतमा महाधिवेशनमा आमन्त्रण गर्न नमिल्ने जवाफ दिनुभयो । 
उहाँले वास्तविक कम्युनिष्टहरु एकताबद्ध रहेको तर कम्युनिष्टको बर्काे ओढेकाहरुलाई एकता नगरिने बताउनुभयो । 
अर्काे प्रश्नमा उहाँले एमाले न्यायालय स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक प्रणालीयुक्त होस् भन्ने चाहन्छ भन्नुभयो ।
 तपाईंलाई सर्वसम्मत अध्यक्ष हुने स्थितिमा केही चुनौती आएको हो ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो– “एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम छैन । म उठ्ने–नउठ्ने टुङ्गो गरेको छैन । त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ । अरुलाई नउठ्न दबाब दिन्नँ । म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु ।” अध्यक्ष ओलीले उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उठ्छु भनेर आफूलाई चुनौती नदिएको बरु आफूप्रति आदार, सम्मान, स्नेह दिनभएको भनाई राख्नुभयो  । रावलको  स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको बताउनुभयो । 
    अध्यक्ष ओलीले दशौं महाधिवेशनले एमाले फुट्यो, कमजोर भयो भन्ने भ्रमहरुलाई चिर्ने र पार्टीलाई शुद्धिकरण गर्दै एउटै लयमा अगाडि बढाएर मुलुकको समृद्धिका लागि पुनः नेतृत्व गर्न सक्ने शक्ति आर्जन गराउने बताउँदै एमाले एकजुट, सुदृढ र व्यापक छ भन्ने सन्देश महाधिवेशनले दिने बताउनुभयो ।
     पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले पाँच लाखको सहभागितामा यही मङ्सिर १० गते चितवनको नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा महाधिवेशनको उद्घाटन गरिने र ७२ जना कलाकारको सामूहिक धुनबाट राष्ट्रिय गान बजाइने लगायतका कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँले महाधिवेशले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने सामथ्र्यका साथ एमालेलाई स्थापित गर्ने बताउनुभयो । महाधिवेशनको बन्दशत्र चितवनको सौराहामा हुनेछ । महाधिवेशनमा मनोनितसहित दुई हजार दुई सय प्रतिनिधि हुनेछन् । उद्घाटनशत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने भट्टराईले बताउनुभयो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुनेछ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.