logo

सिमरामा तनावपछि प्रशासन फेरबदल,  बाराका एसपी सन्तोष तामाङ नक्साल तानिए

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ६ गते ०८: ३२ मा प्रकाशित     582   पटक पढिएको

कलैया । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौं तान्ने निर्णय गरेको छ।

 

 बाराको सिमरा क्षेत्रमा चलिरहेको जेनजी समुह र नेकपा एमालेको युवा संघको मधेश युवा जागरण अभियान अन्तर्गतको प्रदर्शनका क्रममा कार्यकर्ताबीचको झडपले शान्ति सुब्यवस्थामा खलल पुगेको थियो।

 

स्थानीय रिपोर्ट अनुसार, बुधवारदेखि सुरु भएको जेनजी र एमालेबीचको भिडन्त निकै तिव्र रुपमा भएको थियो, जसका कारण प्रशासनले कर्फ्यु लगाउनु परेको थियो। एसपी तामाङले स्थितिलाई नियन्त्रणमा लिन प्रभावकारी नेतृत्व गर्न नसकेको बिश्लेषणमा हेडक्वार्टर पुगेकोले उनलाई तानिएको स्रोतको दावी छ ।

 

सिमरामा भएको झडपमा प्रहरी र आन्दोलनकारी दुवै पक्षका करिब १० जना घाइते भएका छन्। 

 

सो घटनालाई ध्यानमा राख्दै, प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारामा जिम्मेवारीका लागि पठाएको छ।

 

जेनजी युवा जागरण अभियान र एमालेबीचको झडप यो केवल सुरक्षा गड़बड़ी मात्र नभएर राजनीतिक तनावको संकेत हो । जेनजी युवाहरुले प्रहरीको भूमिकाप्रति गम्भिर प्रश्न समेत उठाएका थिए भने फिल्डमा खटिएको प्रहरीले जेनजी युवासामु निरिहिता प्रर्दशन गरेका थिए ।

 

सन्तुलीत भूमिका निर्वा गर्न कमाण्डरको हैसीयतमा तमाङ असफल भएको निष्कर्षमा हेडक्वार्टरमा पुगेको स्रोतले जनाए । 

 

प्रहरी प्रमुखको अचानक सरुवाको पछाडी  प्रशासनले दवाब महसुस गरेको हुन सक्छ, वा तिनले स्थानीय सुरक्षा चुनौतीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेनन् भनेर माथिल्लो कार्यालयले मूल्यांकन गरेको आधारमा मात्र कमाण्डर परिर्वतन हुने चान्स हुन्छ।

 

मानव अधिकार आयोगले पनि सिमरामा उत्पन्न तनावप्रति चासो देखाएको छ, जसले प्रशासनलाई कठोर कदम चालेको देखिन्छ। 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.