चैत १९ मा पर्साको बिन्दवासनी गाउँपालिका गर्दौलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिनु भयो ।
भोली पल्ट प्रसौनी भाठा र भेलाहमा पनि राहत सामाग्री बितरण गर्नु भयो । पहिलो दिन साढे २ सय वटा परिवारलाई बराबर रुपमा करिब साढे १२ किलो चामल, एक किलो नुन, एक पाउ स्वाबिन मस्यौरा बितरण गर्नु भयो ।
यसरी उहाँले ३ हजार एक सय २५ किलो चामल, साढे २ सय किलो नुन, साढे २ सय वटा मास्क र करिब ६० किलो स्वाबिन मस्यौरा बितरण गनुृ भएको हो ।कोरोना संक्रमणको त्रास छ ।
सरकारले लकडाउन घोषणा गरेको छ । रोजीरोटी कमाउने ठाउँहरु बन्द छन । यस्तोमा दैनीक ज्याला गरेर खानु पर्ने मान्छेहरुको बिजोग हुन्छ नै त्यही बिजोग महशुस गरेर तिवारीले आफूसंग भएको स्रोतको परिचालन गरेर आफना गाउँ छिमेकका मान्छेहरु भोकै बस्न नपरोस भने राहत बितरण गर्नु भयो ।
हाम्रो समाजको असल पक्ष यही हो र समाजलाई प्रमोद तिवारी जस्तै परोपकारी मान्छेको निस्र्वाथ सेवाले जोडेको छ र जीवन्त बनाएको छ । भोक रोगबाट आफना नागरिकलाई मुक्त राख्नु पर्ने दायित्व त राज्यको हो ।
राज्यले गर्दै गर्ला तर आँखा अगाडिको समस्या टुलुटुलु हेरेर बस्ने होइन आवश्यकता परेको ठाउमा पुग्ने हो भन्ने भावना हर कोहीमा आउदैन । सीमित मान्छेमा आउने यो भावनाले नै समाजमा न्याय र इमानको मूल्य र मान्यतालाई जीवीत राखेको छ । अनि त आफनै समाज प्रति मान्छेको आड र भरोसा पैदा भएको हुन्छ ।हरेक क्षणमा समाज साहरा छ भन्ने आत्म बिश्वास रहन्छ । यद्धपी समाज यही हो राहत पाउने मान्छेको नामावली संकलन गर्दा समेत टाउको फूटने गरि मारपिट पनि हुन्छ ।
राजस्वका रुपमा सरकारी खजानामा जम्मा भएको नागरिककै पैसा राहत स्वरुप जरुरतमंद मान्छेलाई उपलब्ध गराउनु राज्यको दायित्व हो ।
त्यतिवेला दुई छाक खान नपुग्नेले पाउनु पर्ने राहत हुने खानेले पनि थाप्ने प्रवृतिले सिंगो समाजलाई छि छि दुर दुर पनि गर्छ । तर दुई छाक राहतमा आफनो पारा देखाउनेहरुको अगाडि, आफनो भण्डारमा रहेको अन्नपात आफना छिमेकीहरुलाई दिेने मावनताका पथ प्रर्दशकहरु नै सामाजमा आशा न्याय र इमानको प्रकाश पुञ्ज भएर हमेशा हमेशा रहिरहनेछन ।
समस्यामा परेकाहरुलागि सहयोग गर्नेहरु भन्दा पनि लुटन जानेहरुको जमात बढेको यो समाजमा प्रमोत तिवारीहरु निष्पट्ट अध्यारोमा चम्किएको पुञ्ज हुन जसको प्रकाशले मात्र समाजले अग्रगती हासिल गर्छ । समाजमा न्यायको आभाश हुन्छ । मान्छेको बाँच्ने आधार बाचेको हुन्छ ।
बहुदरमाई नगरपालिकाका वडा नं २ का प्रमोद साहले पनि ७५ परिवारलाई राहत बितरण गर्नुृ भयो । चामल दाल नून तेल राहत सामाग्री यिनै हुन ।
आफ्नै स्रोतबाट छिमेकीहरु जो दैनीक ज्यालादारीमा जीवन यापन गर्दै आएका थिए उनीहरुलाई साहले राहत बितरण गर्नु भयो । प्रमोद साह पेशाले अधिवक्ता पर्सा बारको नेतृत्व गरिसक्नु भएका उच्चअदालत बारको प्रतिक्षारत अध्यक्ष पनि हुनुहुन्छ ।सार्जजनीक ब्यक्तित्व भएका कारण उहाँले राहत बितरण गर्नु भएको होला ।
तर लो प्रोफाइलमा बसेर आफनो काम गरेर घर ब्यवहार चलाउने मगनी साह जस्ता ब्यक्ति यतिवेला समाजमा निस्किएका छन र आफनै भकारीबाट धान छिकेर कुटेर चामल बनाएर आवश्यक मान्छेको चुले बाल्ने काममा लागेका छन ।
दाङको घोराहीमा जागिर खाइरहनु भएका कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहपुरबिर्ता निवासी जल तथा मौसम बिज्ञान कार्यालय घोराही दांगका मौसम इन्चार्ज अखलेश चौरसियाले ८ बिपन्न घरपरिवारलाई चामल, दाल, तेल, नुन र साबुन सहयोग गर्नु भएको छ।
बीरगंज महानगरपालिकाको वडा नं २३ को सबैठवामा अखिल नेपाल किसान महासंघका बीरगंज महानगर अध्यक्ष अमल यादवले भकारी बाट झिकेर आफना गाउँ छिमेकका श्रमजीवी कृषि मजदुरलाई २० किलो धान राहत स्वरुप बितरण गर्नु भएको छ । यो सामाजिक परम्परा पनि हो जसलाई समाजमा मनकारी मान्छेहरुले अहिले पनि जीवीत राखेका छन ।
राहत लिने आम प्रवृति ठिक छैन । राहत कसलाई आवश्यक छ भनेर छान्ने संयन्त्रमा बस्नेहरु पनि इमान्दार छैनन । यस्तो समाजमा मा मानवता हुनुको अर्थ र मर्मलाई जीवन्त बनाउने केही सामाजिक मनकारी ब्यक्तिहरु साच्चै नै सलाम योग्य छन ।
तपाईको प्रतिक्रिया