logo

त्रिभूवन राजपथको वीरगंज शहरखण्डको अतिक्रमण हटाइने, पाँच स्थानबाट एकै साथ डोजर चलाइने

 इसीमाना सम्बाददाता     २०८३ बैशाख ५ गते ०७: ०६ मा प्रकाशित     127   पटक पढिएको

वीरगन्ज । वीरगंज महानगरभित्रका पाँच स्थानबाट त्रिभूवन राजपथको अतिक्रमण हटाउने तयारी स्थानीय प्रशासनले गरेको छ ।

यो कामको औपचारिक शुरुवात भने शनिवार साँझबाट भएको छ । शनिवार सूचना सम्प्रेषणको काम भएको छ । वीरगंज महानगरपालिकाको सवारी साधान मार्फत माइकिङ शुरु गरिएको छ ।

 

 सडक डिभिजन कार्यालय हेटौंडा का अनुसार गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजना अनुसार संरचना हटाउने काम एकैसाथ पाँच स्थानबाट सुरु गरिनेछ।

 

यसका लागि ९ वटा भारी उपकरण—डोजर, जेसीबी र एक्साभेटर—हेटौंडाबाट वीरगन्ज ल्याएर तयारी अवस्थामा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले मुख्य सडक अतिक्रमण हटाउने कार्य वैशाख ६ गतेदेखि सुरु गर्ने भएको छ।

 

कार्यालयद्वारा जारी सूचनाअनुसार गण्डक–मितेरी पुल सडक खण्डअन्तर्गत नेपाल–भारत सीमादेखि गण्डक नहर चोकसम्मको क्षेत्रमा रहेका संरचना, पसल तथा अन्य अवरोध हटाइनेछन्।

 

यसका लागि सम्बन्धित सबैलाई वैशाख ६ गते बिहान साढे ४ बज्नुअघि नै संरचना खाली गर्न निर्देशन दिइएको छ।

 

सडक विस्तार तथा संरक्षणका लागि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार २५/२५ मिटर क्षेत्र खाली गराउने तयारी भइरहेको प्रशासनले जनाएको छ।

 

पर्साका सिडिओ भोला दाहालले समन्वयात्मक बैठकको निर्णयअनुसार अतिक्रमण हटाउन डोजर प्रयोग गरिने बताए । 

 

प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

 

निर्धारित समयभित्र अतिक्रमण हटाउन सहयोग नगरे कडाइका साथ अतिक्रमण हटाइने जनाइएको छ।

 


 जिल्ला प्रशासन कार्यालय पर्साले मुख्य सडक अतिक्रमण हटाउने कार्य वैशाख ६ गतेदेखि सुरु गर्ने भएको छ।

 

कार्यालयद्वारा जारी सूचनाअनुसार गण्डक–मितेरी पुल सडक खण्डअन्तर्गत नेपाल–भारत सीमादेखि गण्डक नहर चोकसम्मको क्षेत्रमा रहेका संरचना, पसल तथा अन्य अवरोध हटाइनेछन्।

 

यसका लागि सम्बन्धित सबैलाई वैशाख ६ गते बिहान साढे ४ बज्नुअघि नै संरचना खाली गर्न निर्देशन दिइएको छ।

 

सडक विस्तार तथा संरक्षणका लागि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार २५÷२५ मिटर क्षेत्र खाली गराउने तयारी भइरहेको प्रशासनले जनाएको छ।

 

पर्साका सिडिओ भोला दाहालले समन्वयात्मक बैठकको निर्णयअनुसार अतिक्रमण हटाउन डोजर प्रयोग बताए । उनका अनुसार सबै तयारी गरिसकिएको छ, अब सिधै डोजर चलाइन्छ ।

IMG_1581.jpeg

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.