वीरगंज । सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकालले एउटा सुरक्षा निकायलाई समस्या पर्दा अर्को सुरक्षा निकायलाई पनि दुःख लाग्नु पर्ने बताएका छन ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर वीरगंजको १९ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन ।
उनले जनताको जनधनको हितको रक्षाका निम्ति खटिएका सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाले फिल्डमा समन्वायत्मक रुपमा काम गर्नु पर्नेमा उनको जोड थियो ।
उनले काँमा भएको फूलीले जिम्मेवारीको बोध गराउने र छातीमा लगाएको तक्माले इमान्दारितापूर्वक कार्य गर्न प्रेरीत गर्ने कुरालाई फौजले सदैव स्मरण गर्नु पर्ने ढकालले बताए ।
उनले संबिधान सभाको निर्वाचन सम्पन्न गराउनकालागि सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वार्टरले महत्पूर्ण भूमिका खेलेको उनले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सबै सुरक्षा निकायको सहभागितामा शान्तिपूर्ण निर्वाचन भएको भन्दै उनले प्रशंसा गरे ।
उनले सीमा क्षेत्रमा १ सय रुपैयाको खरिदारीमा पनि कर लिने सरकारी निर्णयलाई आफूहरुले कार्यान्वयन गर्नै पर्ने अवस्था रहेको बताए । उनले भने “ सीमापारिबाट गरिने १ सय रुपैया सम्मको खरिदारीमा कर लगाउने निर्णय सशस्त्र प्रहरीको , स्थानीय प्रशसानको होइन यो निर्णय राज्यको भएको हुनाले राज्यको निर्णय कार्यान्वयन गराउनु आफूहरुको जिम्मेवारी भएको बताए ।
उनले प्रत्यक्ष त होइन तर अप्रत्यक्ष रुपमा सरकारको यो निर्णय ब्यवहारिक नभएको संकेत गरे । उनले आफू भन्दा माथिल्लो निकाय समक्ष यस बिषयमा आफू निरन्तर सम्वाद र छलफलमा रहेको बताए ।
उनले पत्रकारहरुसंग आग्रह गर्दै के ब्यवहारिक हुन्छ त्यो कुरा संचारमाध्यम मार्फत उजागर गर्न आग्ह गरे । उधोगी ब्यवसायीलाई पनि उचित निकास के हुन्छ पर्साका प्रजिअ मार्फत सरकारको ध्यानाकर्षण गराउन समेत उनले आग्रह गरे ।
१३ नम्बर गण हेडक्वार्टरका गणपति मोहन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा अमर प्रहरीका आश्रीत परिवार, कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत जवानहरु र सेवानिवृत कर्मचारीलाई पुरस्कृत र सम्मान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीले सांस्कृति प्रस्तुती गरेका थिए ।
तपाईको प्रतिक्रिया