logo

कर संकलनमा अवरोध सृजना नगर्न उच्च अदालत वीरगंजद्वारा अन्तरकालीन आदेश जारी

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ४ गते ०६: ४५ मा प्रकाशित     354   पटक पढिएको

वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजको एउटा आदेशले पर्साका प्रमुख जिल्ला अधिकारी र पर्सा क्षेत्र नं १ का साँसद हरि पन्तको कदममा अंकुश लगाएको छ ।

 

वीरगंज महानगरपालिकाले सवारी ब्यवस्थापन शुल्क उठाउनकालागि ठेक्का सम्झौता गरेको  अवधी सकिन ३ महिना मात्र बाँकी रहदा साँसद पन्तको निर्देशनमा स्थानीय प्रशासनले कर संकलनमा अवरोध सृजना गरेको थियो ।

 

 त्यही अवरोधका बिरद्ध ठेकेदार पक्ष अदालतको शरणमा पुगेकोमा अदालतले कर संकलन कार्यमा अवरोध नगर्न भन्दै अन्तरकालीन आदेश जारी गरेको छ ।

 

माननीय न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले वीरगञ्ज महानगरपालिकासँग २०८२ साउन ३० गते  भएको सम्झौताअनुसार निवेदक कम्पनीले सञ्चालन गर्दै आएको कर संकलन कार्यमा कुनै किसिमको बाधा–अवरोध नगर्न नगराउन विपक्षीका नाममा आदेश जारी गरेको हो।

 

निवेदकका तर्फबाट अधिवक्ता सुधिर कुमार कर्ण र अभिनय गुप्ताले बहस गरेका थिए। अदालतले उच्च सरकारी वकिल कार्यालय वीरगञ्ज मार्फत म्याद सूचना तामेल भएको मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

 

 अन्तरिम आदेश जारी रहने वा नरहने भन्ने बिषयमा निर्णय लिन अदालतले बैशाख ११ गतेकालागि दुबै पक्षलाई  छलफलकालागि पेशी तोकेको छ । 

 

सो अवधिसम्म कर संकलनमा अवरोध नपुर्याउन बिपक्षीहरुका नाममा अन्तरकालीन आदेश जारी गरेको छ ।

2026-04-17_004-scaled.jpg

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.