logo

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

 इसीमाना सम्बाददाता     २०८३ बैशाख १३ गते ०४: २५ मा प्रकाशित     161   पटक पढिएको

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम गरिएको गाउँपालिका अध्यक्ष यशवंत यादवले जानकारी दिए।

 

उनका अनुसार उक्त क्षेत्रमा रहेका ३८० वटा घरटहरा खाली गराइएको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन। केही दिनअघि मन्त्री महतो स्वयं स्थलगत निरीक्षणमा पुगेपछि अभियानलाई तीव्रता दिइएको हो।

 

“अहिले पनि खाली गराउने काम जारी छ। ३८० घरटहरा हटाइसकिएको छ,” अध्यक्ष यादवले भने, “माननीय गृहमन्त्रीको विशेष पहलमा अभियान प्रभावकारी रूपमा अघि बढेको हो।” उनले गुठी गण्डक नहर तथा गाउँपालिकाको साझेदारीमा गण्डक नहरको छोउछाउमा गरिएको पनि अतिक्रमण हटाइएको बताए ।

 

यसैबीच, सोही गाउँपालिकाको महुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने कार्य जारी रहेको मन्त्री महतोले बताए। अभियानका लागि करिब ३ सय जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सेस्मी इन्टरनेशनल स्कुलद्वारा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.