logo

मधेश प्रदेशका चार तहमा गठबन्धन, वडाध्यक्षका उम्मेदवारको सवाल गठबन्धन हो की लठबन्धन

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २१ गते ०४: ४२ मा प्रकाशित     776   पटक पढिएको

जनता समाजवादी पार्टीका एक जना अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा पाँदलीयग गठबन्धन टुटेको छ । सहमतीमा उम्मेदवारको टुङ्गो नलागेपछि नेपाली कांग्रेसले पत्र लेखेर आफना सबै उम्मेदवारलाई जिताउने गरी अभियान संचालनमा सरिक हुन पार्टी कार्यकर्तालाई निर्देशित गरेको छ ।

 


त्याहा नेपाली कांग्रेस र जसपामा मात्र गठबन्धन थियो तर वडा तह सम्म मिलाएर उम्मेदवारी दिन नसक्दा गठबन्धन टुटेको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले नेता कार्यकर्ताहरुको राय अनुसार दुबै दल स्वस्थ र मित्रवत् निर्वाचानमा जान तयार रहेको बताए ।


मधेश पदेशको गठबन्धनको लिला पालुङटारको भन्दा फरक छैन । मधेश प्रदेशका १ सय ३६ पालिकामध्ये जम्माजम्मी ४ वटामा गठबन्धन भएको छ । गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साह, कलैया उपमहानगरमा कांग्रेसका राजेश राय यादव, जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल र वीरगन्ज महानगरमा जसपाकै राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ । मधेश प्रदेशमा भएको गठबन्धन यती हो । यसमा नेकपा एकिकृत समाजवादी र जनमोर्चा नामको पार्टीलाई केही पनि हात लागेको छैन ।


देशैभरि गठबन्धन भएको जम्मा २८ प्रतिशत हो । २ सय ९ पािलकामा मात्र गठबन्धन भएको छ । देशभरि ७ सय ५३ स्थानीय छन ।

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा गठबन्धनको प्रयास गरेका हुन् । गठबन्धन भएकामा १ सय ३४ मा नेपाली कांग्रेस, ४९ मा माओवादी ,एकिकृत समाजवादीले १८ जनता समाजवादीले ४ र जनमोर्चाले ४ पालिकाको प्रमुखको नेतृत्व पाएको छ । सबैभन्द कम गठबन्धन भएको प्रदेश ने मधेश हो ।

 

मधेश प्रदेशको एकमात्र महानगर बीरगंजमा “गठबन्ध” दिनभरिको शिकार खाउ त भने कान्छा बाउको अनुहार जस्तो भएको छ । मेयर र उपमेयरमा गठबन्धन छ । ३२ वटा वडामा सेटमै आ आफ्ना उम्मेदवार छन नेपाली कांग्रेस र जसपाका । त्यतीमात्रै होइन माओवादी र एकिकृत समाजवादीले पनि आ आफ्नो तरिकले उम्मेदवारी दिएका छन ।

 

गठबन्धनको एक साता अगाडि बसेको बैठकले आन्तरिक अनुसन्धान गरेर जुन वडा वा पालिकामा जुनपार्टी बलियो देखिन्छ त्यसलाई अन्य पार्टीले सघाउने गरि निर्णय भएको थियो । २० गते त्यस बिषयमा छलफल गरि निष्कर्षमा पुग्ने गठबन्धनदलले बताएका थिए ।

त्यो समितिले आफनो प्रतिवेदन नबुझाएकोले केही निर्णय गर्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले बताउनु भयो । २१ गते हुदा सम्म माओवादी र एकिकृत समाजवादीले उचित सम्बोधन भएको महशुस गरेका छैनन ।

उनीहरुले आफूले केही नपाउदा आफनो मत रुख र छातामा किन हाल्ने भनेर प्रश्न उठाएका छन ।
गठबन्धनमा रहेका मेयर उपमेयरले एकिकृत रुपमा संगै घरदैलो गर्न सकेका छैनन । उपमेयर आलग मेयर अलग घरदैलोमा जनताकोमा पुग्दा जनता नै कस्तो गठबन्धन हो संगै हिड्न नमिल्ने भन्दै साउती मार्ने गरेका छन । वडा वडामा नेपाली कांग्रेस र जसपाका उम्मेदवारवीच प्रतिस्पर्धा छ ।

 

कुन वडाध्यक्षलाई लिएर घरदैलोमा जाने,मेयर उपमेयरलाई पनि कम्ता दुःख छैन । तर वडाध्यक्षहरु नै उद्देक लाग्दो अवस्थामा छन । नेताहरुले मेयर उपमेयरमा गठबन्धन गरे वडाध्यक्षलाई आफनै बुतामा लड भन्छन हामी गठबन्धनकै पार्टीका मान्छेसंग लड्नु पर्ने यो गठबन्धन हो की लठबन्धन भन्दै एक जना वडाध्यक्षका उम्मेदवार बिरक्ती पोख्छन ।

 

उनको जोड छ, हाम्रा नेताले हाम्रोलागि होइन हामी जसका बिरुद्ध लडदै छौ त्यसकै नेताकालागि भोट माग्दै छन उनले दिक्दारी पोखे । उनको प्रश्न छ सगै हिडेर जनताको वीचमा जान नसक्ने यस्तो गठबन्धनको सुत्रधार प्रति उनले दायाभाव मात्र राख्न सकिने बताए । सगै हिड्न नसक्ने गठबन्धन हुदै होइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.