logo

नारायणी अस्पतालमा नयाँ भर्ना, बिकास समिति बेखवर, लामो समयय देखी खाली दरवन्दीमा हुने नियुक्ति प्रति सर्वत्र चासो

 इसीमाना सम्बाददाता      २०८१ असार २० गते १५: ४२ मा प्रकाशित     1030   पटक पढिएको

बीरगंज । पुगनपुग चार साता अगाडि सेवा प्रवाहमा रहेका ४७ जना प्राविधिक कर्मचारीलाई सेवाबाट निकालेको नारायणी अस्पतालले अहिले फेरी करारमा कर्मचारी नियुक्ति गर्न थालेपछि अस्पतालको नेतृत्व चर्चाको शिखरमा पुगेको छ ।

No photo description available.

अस्पतालका प्रमुख डा. ऐनामुल हक


अस्पतालले निकालेका कर्मचारीमा १२ जना चिकित्सक,१२ जना नर्स,रेडियोग्राफर ५ जना हेल्थ असिसटेण्ट ३ जना र अहेव ४ जना थिए । अन्य गैरप्राविधिक कर्मचारी थिए । यति कर्मचारी निकाल्दा अस्पताल बिकास समितिले बिज्ञप्ति जारी गरेर आफनो असहमती प्रकट गरेको थियो ।

अहिले नयाँ भर्ना प्रक्रियामा समेत अस्पताल बिकास समिति भने बेखवर छ । अस्पताल बिकास समितिका अध्यक्ष धिरज गुप्ता अस्पताललाई जनशक्ति त आवश्यक छ तर त्यसको आपूर्तीको प्रक्रिया भने गलत र अपारदर्शी रहेको बताउछन ।

अस्पतालको बिकासका निम्ति बिकास समिति निर्माण भएको हो उनले भने बिकास समितिको सहभागिता बिनाका कारवाहीहरुका बिषयमा बिकास समिति जवाफदेही हुन नसक्ने बताए ।


अस्पतालका प्रमुख डा. ऐनामुल हकले संघीय सरकारको रिक्त दरवन्दीमा करार नियुक्ति गर्न लागेको जानकारी दिए । उनले यस बिषयमा बिकास समितिको कुनै भूमिका नहुने समेत बताए । उनले अन्य अस्पतालमा पनि यो खालको अभ्यास भएको जीकीर गरे ।

उनले प्रक्रियाको बारेमा पनि आफूहरु ठिक रहेको बताए । उनले मंत्रालयले दिएको सहमतीको आधारमा सात दिने सूचना निकालेको बताए । स्वास्थ्य सेवा अत्यावश्यक सेवा श्रेणीमा पनि पर्ने भएकोले सात दिने सूचना निकालेको उनको दावी छ ।

तर स्वाथ्य तथा जनसंख्या मंत्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी कम्तीमा २१ दिने सूचना निकाल्नु पर्ने बताउछन । बुढाथोकीले अस्पताल बिकास समितिको निर्णयका आधारमा यो प्रक्रिया अगाडि बढनु पर्ने बताए ।

उनले बीरगंजको अवस्थाको बरेमा मैले पनि बुझेर भनुमला तर अत्यावश्यक अवस्था हो होइन त्यही बुझ्नु पर्ने बताए । कोभिड काल जस्तो भयावह अवस्था पनि होइन । स्वास्थ्य सेवाको प्रवाहमा महामारी जस्तो अवस्था पनि होइन ।

वर्षौ देखी खाली भएका दरवन्दीमा एकाएक नयाँ भर्ना गरिनुलाई सबैले अर्थपूर्ण लिएका छ । प्रवक्ता बुढाथोकी पनि लामो समय देखी खाली रहेको दरवन्दीमा सात दिने म्याद राखेर नयाँ भर्ना गर्ने कुरा मनासीब नदेखिने बताउछन ।


नारयाण्ी अस्पतालले असार १४ मा सूचना जारी गर्दै चिकित्सक, स्टाफ नर्ससहितका कर्मचारी भर्ना गर्न करार सेवामा आवेदन खुला गरेको छ । २७ पदमा ३२ जनाको माँग गरिएको छ अस्पतालमा कर्मचारीको रूपमा भर्ना हुनका लागि आवेदन खुला भएको ७ दिनभित्र अस्पतालमै पुगेर आवेदन दिनुपर्ने निमित्त मेडिकल सुपरिडेन्ट डा. हकले जारी गरेको सूचनामा उल्लेख छ।

अस्पतालले जारी गरेको यो सूचनालाई लोकसेवा आयोगले समेत परिपक्व मानेको छैन । लोकसेवा आयोगका एक अधिकारीका अनुसार सार्वजनीक खरिद ऐनको अधिनमा रहेर नयाँ भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने हो ।

ति अधिकारीका अनुसार सात दिने सूचनाको आधारमा करार कर्मचारीको नियुक्तिलाई कुनै ऐन कानूनले सिफारिश र सर्मथन गर्दैन । अस्पतालले अत्यावसक सेवाको श्रेणीमा राखेर नयाँ भर्ना प्रक्रियालाई पूर्णता दिने अभ्यास गर्दैछ ।


स्वास्थ्य तथा जनसंख्या मंत्रालयले असार ६ गते देशभरिका २९ बढी सरकारी अस्पतालहरुलाई परिपत्र गरेर तीन दिन भित्र स्वीकृत दरवन्दीको बिवरण बुझाउन निर्देशन दिएको थियो ।

मंत्रालयले सेवा बिस्तार गरिएको योजनाहरुको उल्लेख सहित दरबन्दी सृजनाकोलागि पनि पत्राचार गरेको थियो । तर नारायणी अस्पतालले आफूले बिस्तार गरेको सेवा प्रवाहकालागि आवश्यक जनशक्तिको दरवन्दी सृजना गरेर मंत्रालयलाई भने पठाएको छैन । जनशक्ति आपूर्ती आवश्यक बिषय भएपनि प्रक्रियामा संशय भएको भन्दै यो बिषयलाई राष्ट्रीय सर्तकता केन्द्रमा समेत पठाइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.