logo

पर्सामा हैजा प्रतिरोधात्मक खोप अभियान सुरु,दशलाख बढीलाई खोप खुवाइने

 इसीमाना सम्वाददाता     २०८२ असोज २६ गते ०२: २३ मा प्रकाशित     724   पटक पढिएको

वीरगंज ।  हैजा महामारी नियन्त्रणका लागि पर्साजिल्ला आइतबारदेखि खोप अभियान सुरु गरिएको छ। आगामी असोज २८ गतेदेखि बारामा पनि अभियान सञ्चालन गरिने भएको छ।

वीरगञ्ज महानगरपालिका सहित पर्सा र बाराका २० वटा स्थानीय तहमा हैजा प्रतिरोधात्मक खोप अभियान सञ्चालन गरिँदैछ। अभियानको सुरुवात पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई पहिलो खोप खुवाएर गरिएको हो।

 

पर्साको सबै १४ पालिका र बाराको जितपुरसिमरा तथा कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

 

पर्सामा १ लाख १६ हजार १ सय १८ घरधुरीका ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप खुवाउने लक्ष्य लिइएको छ।

 

त्यसका लागि ११७ स्वास्थ्य संस्था र १ हजार ९ सय ५१ खोप केन्द्र तोकिएका छन्। प्रत्येक घरमा स्वयंसेवक पुगेर खोप खुवाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

 

कार्यालयका अनुसार हालसम्म जिल्लामा १ हजार ६ सय ८० जनामा हैजा तथा झाडापखालाका बिरामी भेटिएका छन्। तीमध्ये आरडिटी परीक्षणबाट हैजा पुष्टि भएका तीन जनाको अवस्थालाई गम्भीर मानिँदै किड्नी डायलाइसिस गर्नुपरेको छ।

 

वीरगञ्जको मुर्लीटोलका एक व्यक्तिमा ६ भदौमा पहिलो पटक हैजा संक्रमण पुष्टि भएको थियो। त्यसयता बाढी प्रभावित क्षेत्रका पानीमा गरिएको परीक्षणमा झाडापखाला गराउने ई.कोली जीवाणु पाइएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

 

‘पानीको स्रोतमा जीवाणु भेटिँदैन, तर घरसम्म पुगेको पानीमा ई.कोली फेला पर्छ,’ ठाकुरले भने।

 

अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, नेपाल रेडक्रस सोसाइटी लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) ले मुखबाट लिने ओरल कोलेरा भ्याक्सिन  उपलब्ध गराएको छ।

 

बारा–पर्सा जिल्लाका लागि १० लाख १८ हजार १ सय डोज इयूभिकोल–एस खोप आएको छ। एक वर्ष उमेर माथिका समान संख्याका व्यक्तिलाई खोप खुवाइने लक्ष्य छ। यो खोप तयारी झोलको रूपमा प्लास्टिकको ट्यूबमा उपलब्ध हुन्छ र प्रत्येक व्यक्तिलाई एक डोज दिइनेछ।

अभियान दीपावली सुरु हुनु अघि, अर्थात् कात्तिक २ गतेसम्म सञ्चालन गरिनेछ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.