logo

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २० गते ०४: ३८ मा प्रकाशित     255   पटक पढिएको

                                                                     फाइल फोटो
रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

 

 शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै सडक रोकेको हो।

 

शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–६ को मोथियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो।

 

दुर्घटनापछि मृतकका आफन्त र बस सञ्चालकबीच क्षतिपूर्तिसम्बन्धी छलफल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गरिएको थियो। तर बसधनी पक्षले कानुनले तोकेको भन्दा बढी क्षतिपूर्ति दिन नमानेपछि परिवारजनले विरोधस्वरूप राजमार्ग नै ठप्प पारेका हुन्।

 

आन्दोलित आफन्तहरू सडकमा टायर बालेर बसेका छन्। राजमार्ग अवरुद्ध हुँदा चन्द्रनिगाहपुर चोक क्षेत्रमा सयौं सवारी साधन अलपत्र परेका छन् भने यात्रुहरू समस्यामा परेका छन्।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी स्थिति सामान्य बनाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.