logo

पर्सागढीमा श्रीजङ्ग गणद्वारा निःशुल्क स्वास्थ्य शिविर, नागरिकले पाए सेवा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ३० गते ०८: ०३ मा प्रकाशित     400   पटक पढिएको

पर्सागढी । नेपाली सेनाको श्रीजङ्ग गण, बिरगंजद्वारा पर्सागढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ५ सय  जनाले स्वास्थ्य सेवा लिएका छन्।

 


शिविरमा नारायणी अस्पताल, पोखरिया प्रादेशिक अस्पताल, प्रभु अस्पताल बीरगंज र बीरगंज सामुदायिक आँखा केन्द्र का चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रिय सहभागिता थियो।

 

शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखाको उपचार, दन्त सेवा, महिला स्वास्थ्य, रक्तचाप–सुगर परिक्षणलगायत सेवा प्रदान गरिएको थियो।


आँखा परीक्षण मात्र १ सय ५० बढीले गराएको वीरगंज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक । महेश सिंह धामीले बताए   । अन्य सामान्य स्वास्थ्य सेवा २ सय  भन्दा धेरै ले उपयोग गरेका छन्।

 

स्थानीयवासीहरूले शिविरलाई उपयोगी रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा सहज पहुँच मिळेको प्रतिक्रिया दिएका छन्।


शिविर सफल बनाउन सहयोग गर्ने सबै अस्पताल, स्वयंसेवक र सहभागीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

 

शिविरमा भौतिक तथा प्राविधिक सहयोग पुर्‍याएका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले आगामी दिनमा पनि समुदायमै गएर सेवा दिन निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.