logo

बेलायतका प्रधानमंत्री बोरिसलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

      3/27/2020 गते 00 00 मा प्रकाशित     826   पटक पढिएको

काठमाण्डौ  १४ चैत। 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार ट्वीटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनु भएको हो  ।

प्रधानमंत्री जोनसन सेल्फ आइसोलेसनमा बसिरहेको पनि उहाँले ट्वीटमा मार्फत जानकारी दिनु भएको छ । जोनसनले आफूले घरबाटै काम गर्ने बताउनु भएको छ ।

बेलायत सरकारले हालै २ हप्ताको लागि देश लकडाउन गरेको छ। यसबीच सबैलाई घरमै बस्न आग्रह गरिएको छ।

जोनसनले ट्वीटमा पनि सबैलाई घरमै बस्न भन्नु भएको छ।

बेलायतमा बुधबारसम्म ११ हजार ६सय ५८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ५ सय ७८ जनाको मृत्यु भइसकेको छ।

विश्वको १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसका कारण हालसम्म २४ हजार ८ सय ६३ ले ज्यान गुमाइसकेका छन्।

हालसम्म ५ लाख ४९ हजार २२० संक्रमित बनेका छन्। उपचारपछि १ लाख २८ हजार ६ सय ३७ स्वस्थ बनेता पनि हालसम्म कोरोनाको औषधि र खोप बन्न सकेको छैन। खोप र औषधि परीक्षण कालमै छन्।

अहिले कोरोनाको उद्गमस्थल चीनमा कोरोनाबाट संक्रमित र मृतक र घट्न थालेकोे छ। तर युरोप र अमेरिकी देशहरुमा कोरोनाको प्रभाव बढ्दो छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.