logo

भारतको मणीपुरमा हिंसा जारी , हिंसाका कारण १ सय ३७ जनाको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८० असार १८ गते ०६: ५२ मा प्रकाशित     956   पटक पढिएको

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य ंिहसा भडकिएको दुई महिना भयो । मे महिनाबाट भडकिएको हिंसा अहिले पनि जारी र मानिसहरुको हत्या हुने क्रम जारी छ ।

 

यसैक्रममा जुलाई २ मा चार जनाको मृत्यु भएको छ । उनीहरु मध्ये एकको टाउको काटिएको प्रहरीले जनाएको छ ।इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार आइतवार (जुलाई २) चुराचन्दपुर जिल्लाको हमर –कुकी गाउँ लाङ्जामा डेभिड थेक नामका व्यक्तिको हत्या गरी टाउको काटिएको थियो ।

स्थानीय बासिन्दाका अनुसार आइतबार बिहानै गाउँमा हमला भएको थियो, गाउँका अधिकांश बासिन्दा भागेका थिए भने केही गाउँका स्वयंसेवकहरू पछाडि बसेका थिए।

 

डेभिड थेक, एक स्वयंसेवक, थिए आक्रमणको क्रममा उनी मारिए ।यसबाहेक उपत्यकाको पहाडी जिल्ला चुराचन्दपुरसँग सीमा जोडिएको विष्णुपुर जिल्लाको खोइजुमन्तबीमा गोली चल्दा मेइती समुदायका तीन जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा ३४ वर्षिय निंगोम्बम इबोचा , २६ वर्षिय नौरेम राजकुमार र ४४ वर्षिय हाओबाम इबोचा रहेका छन् ।मे ३ बाट शुरु भएको ंिहंसामा परि ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ ।

 

यसैबीच, कुकी विद्रोही समूहले मणिपुरको कांगपोकपी जिल्लामा रहेको राष्ट्रिय राजमार्गमा भएको नाकाबन्दी हटाउने बताएका छन्।

 

केन्द्रीय गृहमन्त्री अमित शाहको राजकीय भ्रमणका क्रममा मात्र नाकाबन्दी हटाइएको थियो तर जुन ९ मा काङपोकपी जिल्लामा कुकी–जोमी समुदायका तीन जनाको हत्यापछि फेरि बन्द गरिएको थियो।यो राजमार्गले राजधानी इम्फाललाई नागाल्याण्डको दिमापुर सहर जोड्छ। वैशाख ३ गते हिंसा भड्किएपछि यो मार्ग अवरुद्ध भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.