नयाँ दिल्ली । मणिपुर सरकारले सरकारले ‘पृथकतावादी, राष्ट्रविरोधी, साम्प्रदायिक र विभाजनकारी एजेन्डालाई अगाडि बढाउने’ सामाजिक सञ्जाल समूहबाट बाहिरिन सबै कर्मचारीलाई आग्रह गर्दै एक वर्ष पुरानो आदेश पुनः जारी गरेको छ ।
उक्त आदेशमा हिंसाग्रस्त राज्यमा अशान्ति सृजना गर्ने वा भड्काउने प्रयास गर्ने जो कोहीलाई पनि अनुशासनात्मक कारबाही गर्ने चेतावनी दिइएको छ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पछिल्लो निर्देशन सर्वोच्च अदालतले “आधिकारिक पदमा बसेका व्यक्तिहरूलाई कुनै विशेष समुदायको उत्तेजक वा भड्काउ टिप्पणी गर्नबाट रोक लगाउने माग गर्दै झोमी स्टुडेन्ट्स फेडरेसनले दायर गरेको निवेदन गरेको थियो । जारी द्वण्द्वमा कुनै समुदायलाई उक्साउने वा भडकाउने कुराको रोक लगाउन माँग गरिएको थियो ।
मणिपुर सरकार मोबाइल इन्टरनेट र अन्य प्लेटफर्महरूमा चलिरहेको प्रतिबन्धले सामाजिक सञ्जालमा नक्कली समाचार, घृणापूर्ण टिप्पणी र उत्तेजनाको लहरलाई रोक्न असफल भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले गत वर्ष जुलाईमा जारी गरेको तथ्याङ्कअनुसार राज्यमा मे ३ तारिखमा पहिलो पटक कुकी र मेइतेई समुदायबीच जातीय हिंसा भड्किएपछि दर्जनौं मानिस मारिएका छन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जुलाई महिनामा सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे ३ तारिखमा पहिलो पटक राज्यमा कुकी र मेइतेई समुदायबीच जातीय हिंसा भड्किएपछि १८१ जनाको ज्यान गएको छ, जसमध्ये बढी कुकी समुदाय रहेका छन् । कुकी समुदायका १ सय ८१ जनाको ज्यान गएको छ भने मेइतेई समुदायका मृत्यु हुनेको संख्या ६२ रहेको छ । अहिलेसम्म राज्यबाट झण्डै ५० हजार मानिस विस्थापित भएको बताइएको छ ।
मेइती समुदायले मणिपुरमा अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने मागको विरोधमा पहाडी जिल्लाहरूमा गत मे ३ मा ‘आदिवासी एकता मार्च’ ५३ प्रतिशत जनसंख्या मेइतेई समुदायको हो र उनीहरु मुख्यतया इम्फाल उपत्यकामा बस्छन्। जनजाति ( नागा र कुकी जनसंख्याको ४० प्रतिशत छन् र उनीहरु पहाडी जिल्लाहरूमा बस्छन्।
मणिपुरमा मेइती समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने मागको विरोधमा गत मे महिनामा पहाडी जिल्लाहरूमा “आदिवासी एकता मार्च”आयोजना गरेपछि सुरु भएको झडप हिंसात्मक बनेको थियो र अझै जारी छ।
मणिपुरको जनसङ्ख्याको ६ प्रतिशत मेइती समुदायका छन् र तिनीहरू मुख्यतया इम्फाल उपत्यकामा बस्छन्। जनजाति ९नागा र कुकी० जनसंख्याको २।२ प्रतिशत छन् र पहाडी जिल्लाहरूमा बस्छन्।
तपाईको प्रतिक्रिया