logo

झारखण्ड र बिहारमा संदीग्ध कोरोनमा संक्रमीतको बारेमा सूचना दिनेलाई कुटेरै मारियो

      4/1/2020 गते 00 00 मा प्रकाशित     993   पटक पढिएको

पटना १९ चैत ।  बिहारको सीतामढी जिल्लामा कोरोना भाइरसका शंकास्पद संक्रमीतहरुको बारेमा सूचना दिने एक युवालाई पिटेर हत्या गरिएको छ । घटना सीतामढीको रुन्नीसैदपुर थाना अन्र्तगत माधौल गाउँ ३१ मार्चमा भएको  हो ।

इंडिया टुडेको रिपोर्ट अनुसार मधौल गाउँका बब्लु नामाका ति युवाले गाउँमा बाहिर बाट आएका कोरोनाका संदीग्ध संक्रमीत मान्छेहरुका बारेमा स्वास्थ्यकर्मीलाई सूचना दिएकै कारण पिटेर उनको हत्या गरिएको हो । 

बब्लु ले आफनो गाउँलाई कोरोनाबाट बचाउनकालागि सर्तकताको उदाहरण दिदै प्रशासनलाई गाउँमा अन्य राज्यबाट फर्किएर आएकाहरुको बारेमा सूचना दिएका थिए । त्यही सूचना दिएकै कारण उनलाई स्थानीयले पिटेरै मारि दिए ।


रिपोर्टका अनुसार महाराष्ट्रबाट यही हप्ताको शुरुमा दुई जना मजदुर मधौल गाउँमा फर्किएका थिए ।राज्य सरकारको तर्फबाट जारी भएको निर्देशको पालना गर्दै बब्लुले गाउँमा आएका मजदुका बिषयमा स्थानीय अधिकारीलाई सूचना दिएका थिए । 


सूचनाका आधारमा स्वास्थ्य बिभागका अधिकारीको टीम कोरोना भाइरसको जाँचकालागि नमुना लिन दुर्य जना मजदुरको घरमा पुगेको थियो ।


जसले गर्दा दुईजना मजदुर रिसाएका थिए । नममुना दिएपछि पाँच जनाको टोली सहित सिधै बब्लुको घरमा पुगरे स्वास्थ्यकर्मीलाई सूचना दिएको भन्दै सात जना मिलेर नराम्रोसंग कुटपिट गरे ।

 

जसको कारण उनको मृत्यु भयो । हत्यामा संलग्न सातै जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु बिरुद्ध आइपीसीका बिभिन्न धारा अन्र्तगत मुद्धा दर्ता गरिएको छ । यसैवीच भारतका स्वास्थ्यमंत्री डा.हर्षवद्र्धनले कोरोना संदीग्धको बारेमा सूचना दिने युवकको हत्याको खवर निकै दुःखद भएको बताउनु भएको छ ।

 

उहाँले एक ट्वीट गर्दै मुस्किलको घडीमा समाज एक हुन जरुरी रहेको बताउदै उहाँले आफनो जिम्मेवारीबाट पछि नहटन उहाँले आग्रह गर्नु भएको छ ।


यो भन्दा पहिला झारखण्डमा केही मान्छेहरुलाई सुरक्षाकालागि घरमै बस्न आग्रह गर्ने एक जना पसलेलाई पिटेर हत्या गरिएको थियो ।यो घटना झारखण्डको पलामु जिल्लाको उदयपुरमा २५ मार्चमा भएको थियो ।

 

बिभिन्न शहरबाट मजदुरी गरेर फर्केकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले निर्देश जारी गरेको छ । मजदुरबाट गाउँ फर्किएका चार जना युवाहरु घुम्दै २५ वर्षिय पसले काशी सावको दोकानमा पुगेका थिए । पसलेलले उनीहरुलाई घरमा बस्न सल्लाह मात्र के दिएका थिए । नराम्रोसंग पिटेरै मारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.