logo

दिल्लीमा मरकजबाट निस्केका दुईको ज्यान गयो,सात चिकित्सकमा कोरोना संक्रमण पुष्टि

एजेन्सी

      4/2/2020 गते 00 00 मा प्रकाशित     1029   पटक पढिएको

नई दिल्ली २० चैत ।
 निजामुद्दीन स्थित तब्लीगी मरकजबाट निस्किएका मध्य दुईजनाको ज्यान गएको छ । दिल्लीका मुख्यमंत्री   अरविंद केजरीवालले अनलाई संचार सम्मेलन मार्फत यस्तो जानकारी गराउनु भएको हो ।

 

मुख्यमंत्री केजरिवालका अनुसार यो दिल्लीमा सहित ४ जनाको ज्यान गएको छ । उहाँका अनुसार दिल्लीमा अहिले सम्म कोरोनाको संक्रमण नियन्त्रणमा रहेको छ ।

यसलाई रोक्न आवश्यक सबै कदम उठाइएको उहाँले जानकारी दिनु भयो । उहाँले बिदेशबाट आएका २९ केस थिए भने  मरकजबाट २३ सय ४७ जनालाई निकालिएको थियो । 

समाचार एजेंसी एएनआइका मुताविक   केजरीवालले दिल्लीमा अहिले सम्म २ सय १९ संक्रमणका केश पुष्टि भएको र यसमा १ सय ८  निजामुद्दीन स्थित तब्लीगी मरकजका मान्छेहरु हुन । 


मरकज के प्रमुख मौलाना मुहम्मद साद बिरुद्ध मुद्धा दर्ता

निजामुद्दीन स्थित तब्लीगी मरकजमा  लॉकडाउनका  दौरान जमातीलाई राखेको बिषयमा दर्ताको मुद्धाको अनुसन्धान प्रहरी अधिकारी एसएन श्रीवास्तवले  क्राइम ब्रांचलाई सुम्पिनु भएको छ ।

 

यो मुद्धामा प्रहरीले मरकजका  प्रमुख मौलाना मुहम्मद साद समेत सात मौलानाको पनि नाम समावेश छ । यसमा अन्य मौलानामा मुहम्मद अशरफ, मुफ्ती शरजाद, डॉ. जीशान, मुरसलीन सैफी, यूनुस र  मो. सलमान रहेका छन। 

दिल्लीमा सात चिकित्सकमा कारोना संक्रमण

दिल्लीमा सात जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  अस्पताल अखिल भारतीय आयुर्विज्ञान संस्थान ( एम्‍स  का  फिजियोलॉजी विभागका एकजना  रेजिडेंट डॉक्‍टरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

 रानी मालवीय नगर निवासी ति चिकित्सक  दिल्ली परिवहन निगमको बस बाट अस्पताल जाने आउने गर्थे । चिकित्सकलाई एम्सकै नयाँ प्राइभेट वार्डमा भर्ना गरिएको छ ।

 

उनका परिवारलाई निगरानीमा राखिएको अधिकारीले बताएका छन । यस अघी दिल्लीमा छ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

 सरदार पटेल अस्पतालमा  कार्यरत एक जना रेजिडेंट डॉक्टरमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।  उनकी पत्नी सफदरजंग अस्पतालमा कार्यरत छिन उनी पनि कोरोना भाइरस पीडित हुन ।

 

 दुबै जनाको उपचार  सफदरजंग अस्पतालमै भइरहेको छ । उनीहरु हालै दुबई बाट फर्किएर आएका हुन । यो भन्दा पहिला मोहल्ला क्लीनिकका दुई चिकित्सक संक्रमीत भएका थिए । यो बाहेक  मौजपुरमा पनि एक जना चिकित्सक संक्रमीत भएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.