logo

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी कम्पनीबाट १५ सय कर्मचारी निकालिए

एजेन्सी

      4/5/2020 गते 00 00 मा प्रकाशित     814   पटक पढिएको

बीरगंज २३ चैत ।
कोरोना भाइरसको महामारीसँगै व्यापार घाटामा जाने देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कम्पनी ‘ट्रम्प अर्गनाइजेसन’का १५ सय कर्मचारी हटाइएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको व्यक्तिगत व्यापारमा घाटा हुने भएपछि ट्रम्प संगठनका अमेरिका र क्यानडास्थित होटेलका ती कर्मचारी हटाइएका हुन् ।संक्रमणबाट जोगिन घरमै बस्नुपर्ने अवस्था आएसँगै विश्वका सबैजसो होटेल, क्लब, रेस्टुरेन्टहरू पनि बन्द भएका छन् ।

न्युयोर्क, कोलम्बिया, मियामी, सिकागो, लासभेगस, होनोलुलुलगायतका ठाउँमा रहेका १७ होटेलका कर्मचारी हटाइएको हो । ती कर्मचारीलाई स्थिति सामान्य भएपछि फेरि राखिने गरी अस्थायी रूपमा हटाइएको हो ।

ट्रम्प संगठनका सबै कम्पनीबाट दैनिक ट्रम्पले ६ लाख ५० हजार अमेरिकी डलर आम्दानी गर्थ्यो । जुन करिब आठ करोड नेपाली रुपैयाँ हुन्छ । यो तथ्यांक ट्रम्पका विगतका वित्तीय कारोबारको खुलासाअनुसार हो ।

 

ट्रम्प संगठनले पनि आर्थिक हिनामिना गरिरहेको वेलावेला खुलासा हुँदै आएको छ ।फ्लोरिडा राज्यको पाल्म बीच क्षेत्रमा रहेको ट्रम्पको एक क्लबले ५४ हजार अमेरिकी डलरभन्दा बढी भाडा त्यहाँको स्थानीय सरकारलाई नतिरेको त्यहाँका एक अधिकारीले न्युयोर्क टाइम्सलाई बताएका छन् ,ट्रम्प संगठनले भने कोरोना भाइरसको महामारीको अवस्थामा रहेकाले भाडा तिर्न बाँकी रहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.