logo

फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढ्यो ,बिशवभार ज्यान जानेको संख्या७४ हजार कट्यो

      4/6/2020 गते 00 00 मा प्रकाशित     980   पटक पढिएको

काठमाडौँ २५ चैत । 
केही समयदेखि कोरोनाको महामारीमा परेका देशहरु फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढेको छ । पछिल्ला तीनदिनदेखि लगातार घटेको संक्रमण पछिल्लो २४ घण्टामा पुन बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ८ सय ३३, इटलीमा ६ सय ३६, स्पेनमा ७ सय  जनाको ज्यान गएको छ । यसअघि फ्रान्समा ५ सय १८, इटलीमा ५ सय २५ र स्पेनमा ६ सय ९४ जनाको ज्यान गएको थियो ।

यस्तै, पछिल्लो अपडेट अनुसार २४ घण्टामा अमेरिकामा १ एक हजाार २सय ५५, जर्मनी २ सय २६, यूके ४ सय ३९, इरान १ सय ३६, बेल्जियम १ सय ८५ र नेदरल्याण्डमा १ सय १ जनाको ज्यान गएको छ । 

२४ घण्टामा विश्वभर ५ हजार २ सय २८ जना संक्रमितको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५४ पुगेको छ।

विश्वभर सोमबार मात्रै ७३ हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १३ लाख ४६ हजार ३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संक्रमित मध्ये २ लाख ७८ हजार ४ सय ४५ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ४७ हजार ५ सय १३ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.