logo

मौन अवधिमा उम्मेदवारको विज्ञापन पनि गर्न पाइन्न: आयोग

      5/9/2017 गते 00 00 मा प्रकाशित     1222   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न नहुने जनाएको छ ।


मौन अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाइएको हुनुपर्ने व्यवस्था रहेको छ ।


आयोगले प्रेस काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, ‘तोकिएको समयावधिभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरी निर्वाचन विज्ञापन प्रसारण वा सम्प्रेषण गर्ने तर मौन अवधिमा त्यस्ता विज्ञापन प्रकाशन वा सम्प्रेषण गर्न पाइने छैन ।”


काउन्सिलले स्थानीय तहको निर्वाचनको सञ्चारमाध्यमको अनुगमन गर्दै आएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख गरिएको छ ।


एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्धारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत माग माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुनेजस्ता मौन अवधिमा पालन गर्नुपर्नेजस्ता विषयवस्तु निर्वाचन आचारणमा उल्लेख छ । मौन अवधि भन्नाले ‘मतदान गर्ने समयभन्दा ४८ घन्टाअघि सम्मको अवधि’लाई बुझाउँछ ।


छापा माध्यममा विज्ञापन प्रकाशन गर्दा ९७ इन्च गुणा ७ इन्च० को आकारभन्दा बढी नहुने गरी गरिनुपर्ने तथा रेडियो र टेलिभिजनजस्ता विद्युतीय सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण र सम्प्रेषण गर्दा ४५ सेकेन्डभन्दा बढी नहुने आयोगले जनाएको छ ।


उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न पनि मौन अवधिमा निषेध गरिएको छ । प्रसारित विज्ञापन सशुल्क विज्ञापन हो भन्ने स्पष्ट खुल्ने र बुझिने गरी प्रसारण गर्नुपर्ने व्यवस्था गर्न पनि आयोगले भनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.