जनकपुरधाम । मधेश प्रदेशकी शिक्षा, विज्ञान, प्रविधि तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन।
प्रदेश सभामा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनु अघि मन्त्री तिवारीको राजीनामा आएको हो। उनले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै ‘आजको मितिबाट लागू हुने गरी’ शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट राजीनामा दिएको पत्र पेश गरेकी हुन।
रानी कुमारी तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को तर्फबाट प्रदेश सभा सदस्य हुन। लोसपाले पहिला मुख्यमन्त्री सिंहको सरकारलाई समर्थन गर्दै आएको थियो।
तर, प्रमुख सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परिसकेका छन।
मंगलबार दिउँसो १ बजे मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया