logo

बानेश्वरमा  भएको घटनामा आफ्नो हात छैनः पूर्व प्रधानमन्त्री ओली

 इसीमाना सम्वाददाता     २०८२ असोज ११ गते ०५: ५० मा प्रकाशित     469   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते बानेश्वरमा  भएको घटनामा आफ्नो हात नभएको बताएका छन  ।  

 


बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो घटनाको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न माग गरे  ।

 

आफूले २३ गते साँझ नै सो घटना कसरी भयो भनेर छानबिन गर्ने आयोग बनाउने भनेको उनले स्मरण गराए  । अहिलेको सरकारले छानबिन समिति बनाएको बताउँदै उनले  त्यसले सत्य तथ्य सार्वजनिक गर्ने  विश्वास व्यक्त गरे  ।

 

‘कसरी त्यस्तो घटना भयो ? त्यसको लागि छानबिन गर्न आयोग बनेको छ, घटनाको निष्पक्ष छानबिन होला, त्यसमा म विश्वस्त छु’, उनले भने । 


२३ गते सुरक्षाको बारेमा आफूले बालुवाटारबाट पटक पटक जानकारी लिएको बताउँदै  गोली हान्ने कुनै आदेश नदिएको बताए । 

 

‘बालुवाटारमा सोधेर बसिरहेको थिए, क्याजल्टि नहोस्, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोली कसरी चल्यो ? गोली चलाउने तहमा कसरी पुग्यो ? भनेर मैले सोधिरहेको छु, पछि मैले सुने १४ जनाको निधन भइसक्यो, कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ कसरी मरे युवाहरू कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा, अनि सुरक्षा फोर्सले त घुँडा मुनि हान्ने चलन हुन्छ घुँडा मुनि हानेको हुन्छ, कसरी टाउका टाउकामा गोली लाग्यो ? म सोध्दै छु–यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुखित छु, यो कसरी भयो ?’, उनले भने  । 


भदौ २३ गते क्षति भएपछि थप क्षति नहोस् भनि आफूले भदौ २४ गते बिहान साँढे ११ बजे नै राजीनामा दिएको  बताए  । आफूले राजीनामा दिएपछि देश जलाइएको उनले सुनाए । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाए पछि राजीनामा दिएँ’, उनले भने  । 


भदौ २३, र २४ गतेको घटनाको सत्य तथ्य पत्ता लगाउन आयोगको प्रतिवेदन पर्खनु पर्ने उनको भनाई छ ।  

 

ओलीले जेनजीको नाममा केही युवालाई गुहराममा पारेर उद्योगहरूमा आगो लगाउने, सम्पदाहरू जलाउने, प्रहरी मार्ने र लुटपाट मच्चाउने काम भएको बताए  ।

 

तर जेनजिका युवाबाट त्यो काम नभएको र हुन नसक्ने ओलीको भनाइ छ । देशमा आगो लगाउनेलाई ओलीको प्रश्न थियो–‘के खरानी माथि बसेर सुखी हुन सक्नुहुन्छ तपाईँ भविष्यमा ?’ 


नेपालको नयाँ पुस्ताले सिंहदरबार, संसद्, अदालत, होटेल, उद्योगमा आगो लगाउनै नसक्ने उनले  दाबी गरे । जेनजी यस दोषबाट मुक्त हुनु पर्नेमा उनले जोड दिए । 


जेनजी आन्दोलनको नाममा प्रहरीको ब्यारिकेट तोड्ने काम गरिएको उनले बताए । प्रहरीको ब्यारिकेट तोडिने बित्तिकै जेनजीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको भन्दै उनले भदौ २३ गते बानेश्वरको घटनामा जेनजीको हात नभएको स्पष्ट पारे । केही युवालाई घेरा हालेर बानेश्वर लगी घटना घटाइएको ओलीको भनाइ छ । 


उनले  नयाँ परिवेशमा सम्पूर्ण राजनीतिक दल, नागरिक संस्था र नागरिकलाई राष्ट्र र राष्ट्रियताको पक्षमा उभिन आग्रह गरे । संवैधानिक, कानुनी र लोकतान्त्रिक बाटोबाट समस्याको समाधान खोजिन पर्ने बताए  ।

 

उनले  राष्ट्रलाई जोगाउन यतिबेला राष्ट्रिय एकता आवश्यक रहेको बताए  । बसेर छलफल गरी समस्याको समाधान खोज्नु पर्ने उनको धारणा छ । 


अहिले प्रहरीका हतियार र गोली खोसिएको, ६ हजार भन्दा बढी मुद्दाका कैदी बन्दीहरू जेलबाट फरार गराइएको ओलीले बताए  । अहिले समाजलाई अतंकित बनाउने काम गरिएको ओलीको भनाइ छ ।

 

उनले कैदी बन्दिलाई जेल फर्कन र प्रहरीका खोसिएका हतियार फिर्ता गर्न पनि आग्रह गरेका छन । ‘समाजमा कानुका राज र थिति बसाउन सबैमा म आह्वान गर्दछु’, उनले भने । 


ओलीले एमालेका नेता कार्यकर्ताको घर छानिछानी आगो लगाइएको बताउँदै उनले  एमालेजन र सिङ्गो देशवासीलाई हरेस नखान आग्रह गरे । राष्ट्र जोगाउन र राष्ट्रलाई समृद्धिको बाटोमा लैजान सबैलाई रिसराग त्याग्न पनि उनले आह्वान गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.