logo

पार्टीभित्रैबाट प्रचण्डलाई प्रश्न ! कमरेड  ६४ लाखको रोलेक्स घडी र २८ लाखको लुई भिटन ब्यागको स्रोत के हो ?

 इसीमाना सम्वाददाता     २०८२ असोज १० गते ०४: ३८ मा प्रकाशित     296   पटक पढिएको

काठमाण्डौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर प्रश्नको घेरामा परेका छन।

 

बैठकमा केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले, प्रचण्डले लगाउने ६४ लाख रुपैयाँको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालले बोक्ने २८ लाख रुपैयाँको लुई भिटन ब्यागको वैधानिकता र स्रोतबारे प्रष्टिकरण मागेका हुन।

 

पन्तले प्रत्यक्ष प्रचण्डलाई चुनौती दिंदै भने, “यदि यी सामग्री खरिदका समाचार झुटा हुन् भने संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्मा र समाचार प्रकाशन गर्ने मिडियाविरुद्ध मानहानिको मुद्दा दायर गर्नुस्। होइन भने, अध्यक्षले पार्टी र जनतालाई जवाफ दिनैपर्छ।”

 

उनले थपे, “लामो समयदेखि अध्यक्षले ६४ लाखको घडी लगाएको र गंगा दाहालले २८ लाखको ब्याग बोकेको कुरा सार्वजनिक हुँदै आएको छ। एक पटक होइन, पटक–पटक मिडियामा आएको छ। यसलाई पुष्टि गर्नुपर्ने बेला आएको छ।”

 

पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए पनि त्यसलाई व्यक्तिगत विलासी जीवनमा प्रयोग गर्नु नैतिक रूपमा आपत्तिजनक हुने तर्क गरे।


केन्द्रीय समितिको बैठकमा पन्तले २०६५ सालमा सञ्चारमन्त्री रहेका कृष्णबहादुर महराको कार्यकालमा अजय सुमार्गीको ‘हेलो नेपाल’ टेलिकमलाई गरिएको विशेष सुविधा पनि पुनः छानबिनको माग गरे।

 

उनले आरोप लगाउँदै भने, “नेपाल टेलिकम र एनसेलले लाइसेन्स तथा नवीकरण शुल्कमा २०–२० अर्ब तिर्नुपरेको बेला सुमार्गीको कम्पनीलाई जम्मा ४९ लाख ५० हजार मात्र तिराइयो। यसबाट हेलो नेपाललाई करिब १९ अर्ब ९९ करोड ५० लाख बराबरको प्रत्यक्ष लाभ पुगेको छ। यस्तो निर्णय कसको प्रभावमा भयो भन्नेबारे अब पार्टीभित्रै छानबिन हुनुपर्छ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.